समाचार सम्पादन गर्न कानपुरमा आमिर

बलिउड अभिनेता आमिर खान शुक्रबार सबेरै भारतको कानपुर पुगे तर उनी त्यहाँ फिल्म अभिनेताका रुपमा पुगेका भने होइनन् । अतिथि सम्पादक भएर आमिर कानपुर पुगेका हुन् । भारतको चर्चित पत्रिका ‘दैनिक जागरण’ को १ मार्चमा प्रकाशित हुने विशेषांकमा आमिरले अतिथि सम्पादकको जिम्मेवारी लिँदैछन् ।

Read More

मलुशा नयाँ ‘मिस टिन कलेज’ (फोटोफिचरसहित)

मिस टिन कलेज–२०१४’ को ताज मलुशा रानामगरले चुमेकी छन् । बिहीबार साँझ राजधानीमा आयोजित प्रतियोगितामा मलुशाले उपाधि चुमेकी हुन् । सिजन मिडियाद्धारा पहिलोपटक आयोजना गरेको यस प्रतियोगितामा विजेता बनेकी द व्रिटिस कलेजकी छात्रा मलुशाले उपाधिसँगै टिभिएस स्ट्रिट स्कुटर पाइन् ।

Read More

नाइँ नभन्नु ल २ : साँच्ची नमर्ने शहर भएको भए… ! (भिडियोसहित)

‘मर्ने कसैलाई रहर हुँदैन
तर, नमरेको कुनै प्रहर हुँदैन
भागेर जाउँ, कुन ठाउँ जाउँ
मान्छे नमर्ने शहर हुँदैन
मीठो बाल आवाजमा यो गी गुन्जिएपछि सायद कमैका आँखा ओभानो होलान् । फिल्म ‘नाइँ नभन्नु ल २’को नयाँ रिलिज गीत हो यो । विकास आचार्यले निर्देशन गरेको फिल्मको यसअघि रिलिज गीतले नै चर्चा पाइसकेको छ ।’

Read More

लभ पार्कमा रकमा झुमे दर्शक (फोटोफिचरसहित)

नमस्ते ब्याण्डले आफ्नो २५औं वर्षगाँँठ तथा शिवयात्रिको अवसरमा बिहीबार राधानीस्थित भृकुटीमण्डपको लभ पार्कमा भव्य सांगीतिक कार्यक्रम आयोजना गरेको छ । ‘महाशिवरात्री विश्व संगीत महोत्सव–२०१४’ नाम दिइएको सांगीतिक कार्यक्रममा नेपालका अधिकांश संगीतका हस्तीले सांगीतिक प्रस्तुती पस्के । निर्धारित समयभन्दा तीन घण्टा ढिलो सुरु भएको कार्यक्रमको बरिष्ठ संगीतकार अम्बर गुरुङले डमरु बजाएर उद्घाटन गरेका थिए ।

Read More

रंगमञ्चः तीन ठाउँमा तीन नाटक

नेपाली फिल्म जुधेको धेरै सुनिएको हो । यो हप्ता नाटक जुध्दै छन् । थिएटर भिलेजमा ‘चारुमति’, मण्डला थिएटरमा ‘हेत्छाकुप्पा’ र गोठाले थिएटरमा ‘कोमा’ मञ्चन हुने भएका छन् । थिएटर भिलेजमा मञ्चन हुने ‘चारुमती’ सत्यमोहन जोशीद्वारा नेवारीमा लिखित नाटकलाई राजेन्द्र महर्जनले नेपाली भाÈामा अनुवाद गरेका हुन् ।

Read More

फ्राइडे फिल्म: ‘जिगोलो’ नयाँ, ‘झोले’ दोस्रो हप्तामा

नेपाली फिल्मका दर्शकका लागि यो हप्ता नयाँ फिल्मका रूपमा ‘जिगोलो’ रिलिज भएको छ । अघिल्लो हप्ता रिलिज फिल्म ‘झोले’ले हासिल गरेको व्यापारिक सफलताका कारण थप शोसहित यो हप्ता पनि झोले चलेको छ ।

Read More

मोडल खुश्बुको घरमा ‘चरी’ को गाडी

काठमाडौंको सोह्रखुट्टेमा १४ पुसमा राधे भण्डारी नामका ‘दादा’ माथि तरबार प्रहार गरेर फरार रहेका अर्का ‘दादा’ दिनेश अधिकारी (चरी) ले चढ्दै आएको बा १० च ५९९३ नम्बरको गाडी पूर्व मिस टीन र समाजसेवामा सक्रिय खुश्बु ओलीको ललितपुर धापाखेलस्थित घरबाट प्रहरीले ९ माघमा बरामद गरेको थाहा भएको छ । ४ माघमा ललितपुर धापाखेल हाइटमा नेपाली कांग्रेसका कार्यकर्ता मीनकृष्ण महर्जन र मिलन सिलवालमाथि भएको गोली प्रहारको घटनाको अनुसन्धान गर्ने क्रममा प्रहरीले ‘चरी’ को गाडी ओलीको घरबाट बरामद गरेको हो ।

Read More

सुदूरपश्चिममा फिल्म सुटिङ गर्दै ‘हिम्मतवाली’ रेखा

सुदूरपश्चिममा फिल्मका दृष्यलाई दर्शनीय बनाउने प्रशस्त लोकेसन छन् । तर, फिल्मको लगानी चर्काे हुने भनेर नेपाली निर्माता÷निर्देशक त्यहाँ पुग्न सकेका छैनन् । अभिनेत्री रेखा थापाले आफ्नो फिल्मको पूरै छायांकन त्यो क्षेत्रमा गर्ने हिम्मत जुटाएकी छिन् । थापाको नयाँ फिल्म ‘हिम्मतवाली’को बिहीबारदेखि सुदूरपश्चिमको महेन्द्रनगरमा सुटिङ सुरु भएको छ ।
तीस दिनको सुटिङ सेड्युल लिएर सुदूरपश्चिम पुगेकी थापाले भनिन्, ‘सुदूरपश्चिममा निकै राम्रा सुटिङ लोकेसन छ तर, त्यसको प्रयोग भएको छैन ।’

Read More

सुभेच्छाले प्रहरी लाई मिस नेपाल देखाईन

बाबु सुरेश डि सि ,काठमाडौं , फागुन १५ विवाद चर्किएपछि काठमाडौं प्रहरी प्रमुख रमेश खरेलको निर्देशनमा प्रहरीको समुहले फिल्म ‘मिस नेपाल’ हेरेका छन् । विहिबार बिहान जय नेपाल हलमा भ्यानसहित पुगेका पोशाक र सिभिल प्रहरीले फिल्म हेरेका थिए । मिस नेपाल सुन्दरी प्रतियोगिता आयोजक हिडन ट्रेजरले प्रहरीमा उजुरी गरे पछि  च्यारिटी प्रदर्शनकै  बेला प्रहरीलाई समेत…

Read More

सेलिब्रेटी वाकमा वान पिसमा अलिशा (फोटोफिचर)

मिस नेवाः २०१४ की विजेता अलिशा बज्राचार्य बुधबार ¥याम्पमा झुल्किइन् । मिस नेवाः बनेपछि आफ्नो जिम्मेवारी बहन गर्दै समाजमा व्यस्त रहेकी अलिशा इमेज गु्रप अफ कम्पनीजको १७औं वार्षिकोत्सवको अवसरमा राजधानीमा आयोजित कार्यक्रममा अलिशा रेड कार्पेटमा देखिएकी हुन् । डार्क ब्लु वान पिस परिहनमा उनी निकै सुन्दर तथा सेक्सी देखिएकी थिइन् ।

Read More