Fri. Mar 29th, 2024

जनकपुर, फागुन १७ । चलचित्र विकास बोर्डले मैथिली लोक संस्कृतिको खोजी को अवधारणामा ७ दिने “मैथिली चलचित्र निर्माण अमिमुखिकरण कार्यशाला” जनकपुरको हारसर स्थित जीवन केन्द्रमा गरिरहेको छ । सो कार्यशालाको विहिवार १२ः३० बजे सूचना तथा सञ्चार मन्त्रालयका सचिवको प्रमुख आतिथ्यतामा उद्घाटन कार्यक्रम सम्पन्न भयो ।
उद्घाटन कार्यक्रममा कार्यशालाको आयोजनाका विषयमा प्रकाश पार्दै बोर्डका सदस्य सचिव फणिन्द्र गौतमले भने, “कार्यशालाको अन्तिम २ दिनमा प्रशिक्षार्थीहरुबाट कार्यशालाको पाठ्यक्रम बमोजिम स्थानीय स्तरमा मैथिली भाषी समुदायका विषयहरुमा उपलब्ध हुने कथाहरुमा ५ (पाँच ) वटा लघु चलचित्र पनि निर्माण गर्ने कार्यक्रम रहेको छ ।”
प्रमुख अतिथि सूचना तथा सञ्चार मन्त्रालयका सचिव ध्रुव शर्माले मैथिली समुदायको आवाज तथा मौलिक कथाहरुलाई सवैका सामु ल्याउने पर्ने बताए । सो वातावरण निर्माण गरी स्थानीय कथा, प्र्रतिभा र पहिचान प्रस्फुटन हुने अवसर उपलब्ध गराउन कार्यशाला गरिएको उनको भनाई थियो । मैथिली चलचित्रहरूको विकास, संरक्षण र सम्बद्र्धन गर्न तथा चलचित्रकर्मीको पेशागत दक्षता अभिवृद्धिमा यो कार्यक्रमले सहयोग पुग्ने उनले बताए ।
प्रशिक्षकहरुको तर्फबाट डा. राजेन्द्र विमलले मैथिली कला, तथा लोक संस्कृतिको सवृद्धताका विषयमा प्रकाश पारे । उनले वास्तविक यथार्थपरक मौलिक मैथिली चलचित्र निर्माणमा लागि यस किसिमको कार्यशालाको उपदेयिता रहेको धारणा राखे ।
अन्तराष्ट्रिय नेपाली कलाकार समाजका अध्यक्ष पुष्प बरुवालले यस किसिमको कार्यशालाबाट पेशागत दक्षता अभिवृद्धिमा उल्लेखनीय योगदान पुग्ने बताए । उनले चलचित्र विकास बोर्डका यस किसिमका चलचित्रको गुणस्तरिय उत्पादनको आधारहरु तयार गर्ने कार्यको प्रशंसा गरे । बरुवालले यस कार्यशालाबाट उत्पादित उत्कृष्ट चलचित्रलाई मार्च २९ मा नेदरल्याडको एम्सटड्रममा सो समाजबाट आयोजित नृत्य तथा चलचित्र महोत्सव कार्यक्रममा प्रदर्शन गर्ने प्रतिवद्धता व्यक्त गरे ।
स्थानीय विकास अधिकारी गुरु प्रसाद सुवेदीले यस कार्यशालालाई प्रयोगात्मक चलचित्र उत्पादन गर्ने आधार समेतको कारणले लाइफ शालाको रुपमा व्याख्या गरे । उनले मैथिली संस्कृति तथा कलाको संरक्षणमा कार्यशालाले योगदान पु¥याउने विश्वास व्यक्त गरे ।
बोर्डका अध्यक्षले कार्यशालाको उद्घाटन शत्रको समापन गर्दै यस किसिमको कार्यशाला दक्षिण कोरियाली मोडलमा आयोजना गरिएको प्रकाश पारे । उनले भोलीका दिनमा कार्यशालामा सहभागी ६ जिल्लाका ४० प्रशिक्षार्थीहरुमध्ये २० प्रशिक्षार्थीहरुलाई दोस्रो चरणको प्रशिक्षण प्रदान गरी ३०,४० मिनेटका चलचित्र बनाउन लगाउने बताए । २० प्रशिक्षार्थीहरुमध्ये उत्कृष्ट काम गर्ने ३ प्रशिक्षाथी छनौट गरी पुरा लम्बाईको मैथिली चलचित्र निर्माणको वातावरण बनाउने दिशा तर्फ बोर्ड अग्रसर रहने प्रतिवद्धता व्यक्त गरे ।
कार्यशाला कार्यक्रमको उद्घाटन शत्रको बोर्डका प्रवक्ता अनुपम निरौलाले कार्यशालाले सिमान्तकृत समूह, वर्ग र क्षेत्रको कथा र स्मृतिहरुको विकासको सम्भावनालाई प्रोत्साहित गर्ने बताए । उनले कार्यक्रमबाट मैथली चलचित्रमा मैथिली भाषी समुदायका आवाजहरु, मौलिक कथाहरु माथि उठ्ने वातावरण निर्माण गरी स्थानीय विषयहरु र प्र्रतिभाहरु प्रस्फुटन हुने वातावरण बन्ने बारे प्रकाश पारे ।
कार्यशालामा सहभागि प्रशिक्षार्थीहरुको समुह विभाजन गरी फिल्म बनाउँदा वैश्विकरणले मैथिली समुदायको भाषा, कला तथा संस्कृतिमा पारेको प्रभाव, सामाजिक समस्याहरु आफ्ना फिल्ममा उठाउने छन् । उनीहरुले दहेजप्रथा, जातिप्रथा, महिलाहिंसा, बोक्सी वाल विवाह, नयाँ पुस्तामा परम्परागत ज्ञान र सीपको हस्तान्तरण, वैदेशिक रोजगारीको कारणले सामाजिक संरचनामा परेको नकरात्मक प्रभाव, नयाँ प्रविधिले मैथिली भाषी समुदायको परम्परागत ज्ञान र सीपमा पारेको प्रभाव, महिला तथा बाल अधिकारको विषय लगायतका बिषयमा छोटा ५ फिल्म बनाउने छन् ।
१६ फागनुबाट यो कार्यशाला सात दिनसम्म चल्ने छ । जसमा चलचित्रमा उच्च शिक्षा हाँसिल गरेका प्रशिक्षकहरुमा डा. राजेन्द्र बिमल, डब्बु क्षत्री, आलोक तिवारी, मिश्रीलाल यादब र सवनम मुखिया रहेका छन् ।

%d bloggers like this: