Sun. Dec 10th, 2023

 
मर्ने कसैलाई रहर हुँदैन
तर, नमरेको कुनै प्रहर हुँदैन
भागेर जाउँ, कुन ठाउँ जाउँ
मान्छे नमर्ने शहर हुँदैन
मीठो बाल आवाजमा यो गी गुन्जिएपछि सायद कमैका आँखा ओभानो होलान् । फिल्म ‘नाइँ नभन्नु ल २’को नयाँ रिलिज गीत हो यो । विकास आचार्यले निर्देशन गरेको फिल्मको यसअघि रिलिज गीतले नै चर्चा पाइसकेको छ । ‘मर्ने कसैलाई रहर हुदैन’ बोलको गीतमा वालगायक प्रेम परिवारले आवाज दिएका छन् । यो गीतमा डाक्टर कृष्णहरी बरालको शब्द, गैरे सुरेशको संगीत, कविराज गहतराजको नृत्य छ । फिल्ममा सरोज खनाल, सुरज सिंह ठकुरी, सिताराम कट्टेल, जीवन लुइँटेल, प्रियंका कार्कीको साथमा बालकलाकारद्वय अनुभव रेग्मी र सुज्ञानीको अभिनय छ । दिनेश कुमार पोख्रेलले निर्माण गरेको फिल्म चैत्र २८ गतेबाट प्रदर्शनमा आउँदैछ । फिल्मकोे वितरणको जिम्मा नायक÷निर्माता समेत रहेका गोविन्द शाहीले लिएका छन् । यसअघि फिल्म ‘होस्टेल’लाई हिट बनाएर वितरणमा पनि दख्खलता रहेको प्रमाणित गरिसकेका छन् ।
 
http://www.youtube.com/watch?v=ykX56xpA9yU

%d bloggers like this: