Fri. Apr 26th, 2024

काठमाडौं, फागुन १६ । नेपाली फिल्म जुधेको धेरै सुनिएको हो । यो हप्ता नाटक जुध्दै छन् । थिएटर भिलेजमा ‘चारुमति’, मण्डला थिएटरमा ‘हेत्छाकुप्पा’ र गोठाले थिएटरमा ‘कोमा’ मञ्चन हुने भएका छन् । थिएटर भिलेजमा मञ्चन हुने ‘चारुमती’ सत्यमोहन जोशीद्वारा नेवारीमा लिखित नाटकलाई राजेन्द्र महर्जनले नेपाली भाÈामा अनुवाद गरेका हुन् । नाटकमा सम्राट् अशोक नेपाल आउ“दाको समय समेटिएको छ । किरा“त राजा स्थुंकोको समयमा इसापूर्व २६० ताका सम्राट् अशोक नेपाल आएको बताइन्छ । त्यो बेला अशोकपुत्री चारुमतीलाई किरा“त राजा स्थुंकोका छोरा गिग्रीले विवाह प्रस्ताव राख्छन् भने चारुमती सुरÔाकर्मी देवपाललाई मन पराउ“छिन् । विमल सुवेदीले निर्देशन गरेको नाटकमा देशभक्त खनाल, केकी अधिकारी, सुवास थापा, राजकुमार पुडासैनी, केशव स्थापित, पुष्कर गुरुङ, भोला सापकोटा, अरुणा कार्कीलगायत दुई दर्जनभन्दा बढी कलाकारको अभिनय छ ।

मण्डला थिएटरमा मञ्चन हुने नाटक किराँतीहरूको मिथक चरित्र ‘हेत्छाकुप्पा’मा आधारित छ । राजन मुकारुङले लेखेको नाटकको परिकल्पना र निर्देशन पशुपति राईले गरेकी हुन् । किराँती सभ्यतालाई उठाइएको नाटकमा साकेला नाचलाई मुख्य विषय बनाइएको छ । नाटकमा सिर्जना सुब्बा, सजन थापामगर, उमेश तामाङ, जीवन रसाइली, अनुपम शर्मा, जुनु विष्ट, सिर्जना वान्तवा राई, विनिता गुरुङ र मोहम्मद नाजिर हुसेनले अभिनय गरेका छन् ।
त्यसै गरी, गोठाले थिएटरमा मञ्चन हुने नाटक ‘कोमा’लाई कुमार नगरकोटीले लेखेका हुन् भने निर्देशन घिमिरे युवराजको रहेको छ । नाटकलाई ‘अयथार्थवादी विभिन्न विसंगत घटनाको संयोजन’ भनिएको छ । फिक्सनलाई दुरुस्तै नाटकमा उतारिएको छ । नाटकमा सामाजिक र राजनीतिक व्यंग्य रहेको छ । जीवन बराल, सरीता शाह, गोविन्द पराजुली, रेणुका कार्की, टंक टाइगर, रोशा मेहता, बादल भट्ट, पवित्रा खड्का, किरण चाम्लिङ र कुमार नगरकोटीले अभिनय गरेका छन् ।

het

%d bloggers like this: