Fri. Apr 19th, 2024

काठमाडौं, फागुन १६ । नेपाली फिल्मका दर्शकका लागि यो हप्ता नयाँ फिल्मका रूपमा ‘जिगोलो’ रिलिज भएको छ । अघिल्लो हप्ता रिलिज फिल्म ‘झोले’ले हासिल गरेको व्यापारिक सफलताका कारण थप शोसहित यो हप्ता पनि झोले चलेको छ ।
पुरुष वेश्याको कथामा बनेको ‘जिगोलो’ रोमान्स, प्रेम र एक्सनलाई महŒव दिइएको फिल्म हो । वैदेशिक रोजगारीमा जानुपर्ने नेपाली युवाको बाध्यता र तीनका बैँसालु श्रीमतीले यौनप्यास मेटाउन अपनाउने तरिका ‘जिगोलो’को मूल कथा हो । यादव सिलवालले निर्देशन गरेको फिल्म राजु श्रेष्ठ र प्रभाकर श्रेष्ठले निर्माण गरेका हुन् । फिल्ममा प्रभाकर श्रेष्ठ, जिया केसी, राजु श्रेष्ठ, तिलक एन, महिमा सिलवाललगायत कलाकारले अभिनय गरेका छन् ।
बेरोजगारको युवाको सपना र आकस्मिक रूपमा आइलाग्ने परिस्थितिबीचको कथा ‘झोले’ले भनेको छ । डार्क कमेडी ‘झोले’ दर्शकले रुचाइरहेका छन् । दीपेन्द्र के खनाल निर्देशित फिल्म टेकेन खड्काले निर्माण गरेका हुन् । मुख्य भूमिकामा दयाहाङ राई, प्रियंका कार्की र ए गुरुङ रहेका छन् ।

jholey

%d bloggers like this: