Wed. Apr 24th, 2024

काठमाडौं, फागुन १७ । नेपाली फिल्मका हिरो\हिरोइनले विदेशी फिल्ममा देखिन मरिहत्ते गरेको सुनिन्छ\देखिन्छ । तर, विदेशी कलाकार नेपाली फिल्ममा काम गर्न पनि उत्तिकै लालायित हुँदा रहेछन् । त्यो दृष्य शुक्रवार देखियो ।
दुर्गिस फिल्मसको तेस्रो प्रस्तुति ‘लभ (रङ काटिएको) नम्बर’मा अनुबन्ध हुँदा डेनिस कलाकार दंग थिए । सुनिल रावलको होम प्रोडक्सनमा बन्ने फिल्ममा डेनिस नायिका एन्नेमेटे बोए, नायक म्याक्स एंकर र हास्यकलाकार एलेन नियल्सेन अनुबन्ध भएका हुन् । त्यस्तै डेनमार्कवासी सन्तकुमार थापा मगरलाई कोरियोग्राफीका लागि अनुबन्ध गरिएको छ ।
एन्नेमेटे त्यहाँको रंगमञ्च र सर्ट फिल्ममा काम गरिरहेकी छिन् भने कलाकारिता विषयमैँ उच्च शिक्षा अध्ययन गरिरहेकी छिन् । त्यस्तै म्याक्स पनि कलाकारिताका विद्यार्थी हुन् भने एलेन त्यहाँका संस्कृतिकर्मी हुन् । शुक्रवार कोपनहेगनमा आयोजित पत्रकार सम्मेलनमा उनीहरुलाई सार्वजनिक गर्नुको साथै फिल्ममा साइन गराइएको थियो ।
पत्रकार सम्मेलनमा नेपाली सञ्चारकर्मीले समेत नेपालबाटै स्काइपको माध्यामबाट सहभागीता जनाएका थिए । साथै उनीहरुसँग अन्र्तक्रिया गरेका थिए । नेपाली पत्रकारको तर्फबाट शुक्रवार साप्ताहिक तथा मनोरञ्जन संसारका पत्रकार डिबी खड्काले सहभागीता जनाएका थिए  । उनले डेनिस तथा नेपाली नवअनुबन्धित कलाकारहरुका साथ स्काईपमा अन्र्तवार्ता समेत लिएका थिए । दुर्गिस फिल्मस्का तर्फबाट डेनमार्कमा रहेका कलाकार तथा ब्यबस्थापक पूर्ण बन्धनले हस्ताक्षर गर्नूका साथै पत्रकार सम्मेलनमा सहभागीता जनाएका थिए ।
गत डिसेम्बर महिनामा सुनिल रावल युरोप भ्रमण रहेका बेला उनको फिल्म निर्माता कम्पनी दुर्गिस फिल्मस र पूर्ण बन्धन संस्थापक अध्यक्ष रहेको डेनमार्कस्थीत ‘नेपाली सडक महोत्सव प्रतिष्ठान’बीच सुदूरपश्चिममा ‘छोराछोरीको घर’ नामक बालगृह स्थापना गरी परोपकारका क्षेत्रमा समेत साझेदारी हुने गरी एक सम्झौता भएको थियो । उक्त सम्झौतामा, दूर्गिस फिल्मसको तेस्रो फिल्मको छायांकनको केही खण्ड डेनमार्कमा गरिने र त्यसका लागि नेपाली सडक महोत्सव प्रतिष्ठानले सम्पूर्ण व्यवस्था मिलाउने कुरा उल्लेख छ । जसवापत दूगिर्स फिल्मसले पनि प्रतिष्ठानले लक्षित गरेको सुदूरपश्चिमको छोराछोरीको घर बनाउनका लागि आङ्खनो कूल नाफाको ५ प्रतिशत आथिर्क सहयोग दिने सहमती भएको थियो ।
युवा र प्रेम कथालाई मुख्य विषय बनाइएको फिल्ममा इन्टर कल्चरल इन्टिग्रेशनलाई महत्व दिइने बताइएको छ  । फिल्मको निर्देशन सुरज भुषालले गर्ने तय भइसकेको छ ।

IMG_0059

स्काइपमार्फत पत्रकार सम्मेलनमा सहभागीता जनाउँदै निर्देशक सुरज भुषाल , निर्माता  सुनिल रावल र पत्रकार डिबी खड्का ।

1970422_732749333425903_1427844084_n फिल्ममा साइन गरेपछि कलाकार

1656069_732749186759251_894655447_n 1797592_732749366759233_2007309444_n

%d bloggers like this: