Sat. Apr 20th, 2024

काठमाडौं, १६ फागुन। नमस्ते ब्याण्डले आफ्नो २५औं वर्षगाँँठ तथा शिवयात्रिको अवसरमा बिहीबार राधानीस्थित भृकुटीमण्डपको लभ पार्कमा भव्य सांगीतिक कार्यक्रम आयोजना गरेको छ । ‘महाशिवरात्री विश्व संगीत महोत्सव–२०१४’ नाम दिइएको सांगीतिक कार्यक्रममा नेपालका अधिकांश संगीतका हस्तीले सांगीतिक प्रस्तुती पस्के । निर्धारित समयभन्दा तीन घण्टा ढिलो सुरु भएको कार्यक्रमको बरिष्ठ संगीतकार अम्बर गुरुङले डमरु बजाएर उद्घाटन गरेका थिए ।
आयोजक ‘नमस्ते ब्याण्ड’ का गायक इश्वर गुरुङले ‘सुनिदेउ साथी’ गीतमार्फत कार्यक्रम सुरु गरेका थिए । त्यसपछि लगातार उनले ‘शान्ति–शान्ति’, ‘चरी म¥यो सिसैको गोली’ जस्ता गीत प्रस्तुत गरे । गायक गुरुङले ‘घाम लाग्यो, पानी प¥यो, आकाशमा इन्द्रेणी झुल्क्यो’जस्ता गीत गाइरहँदा उनलाई दर्शकले नाचेर हौसला प्रदान गरेका थिए ।

namaste band rajesh payal

त्यस्तै, कार्यक्रममा ‘वेलडर्स् ग्रुप’ सँग आवद्ध ‘स्लाई एण्ड रवि प्रोडक्सन’ को ‘पिजे एन्ड रेग्गे ब्यान्ड’ को पर्फमेन्स पनि दर्शकले रुचाए । ‘पिजे’ले बब मार्लीको गीतबाट गाउन सुरु गर्दा विदेशी दर्शकले समेत कम्मर मर्काउन थाले । कार्यक्रमको मध्यतिर झल्किएका गायक राजेश पायल राईले ‘नाइ नभन्नु ल–२’ को शीर्श गीत गाउँदा दर्शकको ‘वान्समोर’ पाएका थिए भने अर्का गायक यम बराललाई पनि ‘वान्समोर’ आएको थियो । उनले ‘बादलुको घुम्टोले’ गीत प्रस्तुत गरेका थिए ।

namaste band  - ishwor gurung (3)

ह्याभिमेन्टल व्याण्ड ‘रविन एन्ड न्यु रिभोल्युसन’ले दर्शकलाई रकमा जमाउन सफल भए । व्याण्डका भोकलिष्ट रविन तामाङले आफ्नो चर्चित गीत ‘केटा–केटी’ प्रस्तुत गर्दा दर्शकले उनीसँगै गाएर साथ दिए । रविनले लगातार ४ वटा गीत गाए । अर्को रक ब्यान्ड ‘१९७४ एडी’ सँग पनि दर्शक झुमेका थिए भने  ‘मुक्ति एन्ड रिभाइभल’ को प्रस्तुतीमा दर्शक मौन रहन सकेनन् । व्याण्डका गायक मुक्ति शाक्यसँगै दर्शकले कम्मर मर्काएका थिए ।

namaste band

कार्यक्रममा उदय–मनिला सोताङ, हेमन्त राणा, श्रेया सोताङ, नरेन्द्र प्यासी, न्युयो प्रिज्म, हिटा ग्रुप (तिब्बत), अन्डरसाइड ब्यान्ड, सुनिल बर्देवा, टिका बम्जन, ज्योति मगरलगायतले प्रस्तुती पस्के ।
नेपाली र विदेशी गीतसंगीतबीच सांस्कृतिक आदानप्रदान गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको नमस्ते ब्यान्डले बनाएको छ । कार्यक्रममा सबै संगीतका विधालाई समेटेका हुनाले महाशिवरात्री विश्व संगीत महोत्सव भनिएको गायक गुरुङले बताए । नमस्ते ब्याण्डले हरेक पा“च वर्Èमा ‘महाशिवरात्री विश्व संगीत महोत्सव’ गर्दै आएको हो ।

pj-1 copy

%d bloggers like this: