Fri. Apr 26th, 2024

कानपुर, १६ फागुन (एजेन्सी) । बलिउड अभिनेता आमिर खान शुक्रबार सबेरै भारतको कानपुर पुगे तर उनी त्यहाँ फिल्म अभिनेताका रुपमा पुगेका भने होइनन् । अतिथि सम्पादक भएर आमिर कानपुर पुगेका हुन् । भारतको चर्चित पत्रिका ‘दैनिक जागरण’ को १ मार्चमा प्रकाशित हुने विशेषांकमा आमिरले अतिथि सम्पादकको जिम्मेवारी लिँदैछन् । पत्रिकाको कानपुर कार्यालयमा पुगेका आमिरले सम्पादकीय विभागमा बसेर पत्रिका निकाल्ने छन् ।