सदाका लागि अमेरिका छाड्दै गौरी, फिल्म अभिनयमा निरन्तरता दिने

चारवर्ष अमेरिका बसाइपछि चर्चित अभिनेत्री गौरी मल्ल नेपाल फर्किने भएकी छिन् । मल्ल अमेरिका नफर्किने गरी बुधबार नेपाल फर्किन लागेकी हुन् । आमा विरामी भएका कारण तत्काल नेपाल फर्किन लागेकी उनी फेरि फिल्ममा फर्किने भएकी छिन् ।नेपालमा फर्केपछि फिल्म अभिनयलाई निरन्तरता दिने बताएकी छिन् । उनले भनिन्, ‘यो फिल्म निर्माणका लागि मलाई पाचवर्षदेखि उनीहरुले कुरेर बसेका छन् । फिल्मको नाम नै गौरी हो । मुख्य पात्रको रुपमा म रहेकी छु । कथा पनि एकदमै राम्रो छ । त्यो मेरो ड्रिम प्रोजेक्ट पनि हो । म पनि त्यो प्रोजेक्ट छाड्न चाहन्न । पारिवारिक समस्या समाधान भइसकेपछि त्यो प्रोजेक्टमा लाग्छु ।’

Read More

गायिका निशा सुनारलाई अमेरिकामा पुत्रीलाभ

लोक गायिका निशा सुनारले छोरी जन्माएकी छन् । केही महिनाअघि अमेरिका पुगेकी निशाले अमेरिकामै छोरीको जन्म दिएकी हुन् । अमेरिका पुगेर केही साताअघि मात्र निशाले म्युजिक भिडियो निर्देशक शंकर बिसीसँग बिहेको गरेको सार्वजनिक गरेकी थिइन् । केही वर्षयता सँगै बस्दै आए पनि उनीहरुले आफ्नो बिहेबारे छिपाउँदै आएका थिए ।

Read More

दुर्घटनामा पाकिस्तानी अभिनेत्री सना खानको निधन

पाकिस्तानी अभिनेत्री सना खानको सडक दुर्घटनामा मृत्यु भएको छ । दुर्घटनामा उनका पति बाबर खान गम्भीर घाइते भएका छन् । समाचारमा बताइएअनुसार बाबरको पनि स्थिति नाजुक छ । पाकिस्तानी समाचार एजेन्सीका अनुसार दुर्घटना गएको शुक्रवारको पाकिस्तानको हैदराबाद शहरबाट करिब ३० किलोमीटर टाडा पर्ने लुनीकोटमा भएको थियो ।

Read More

पन्ध्र वर्षपछि एकल साँझमा उत्रिदै रामकृष्ण

गायक रामकृष्ण ढकाल १५ वर्षपछि एकल साँझमा उत्रिने भएका छन् । ‘ढकाल सुमधुर साझ भाग ३’नाम दिइएको उक्त सांगीतिक कार्यक्रम चैत्र ३० गते होटेल याक यन्ड यति हुने तय भएको छ ।
नेपाली नयाँ वर्Èको अवसरमा उनलाई ग्रिष्मा इन्टरटेन्मेन्टले स्रोतामाझ प्रस्तुत गर्ने मेसो मिलाएको हो । तीन दशकदेखि नेपाली सांगीतिक क्षेत्रमा रहेका ढकाल हालसम्मकै सबैभन्दा धेरै संघर्ष गरेर उचाइ नापेका गायकका रुपमा चिनिन्छन् । उनका एकदर्जन भन्दा धेरै एल्बम सार्वजनिक भएका छन्, फिल्मका गीतमा र कलेक्सन एल्बम्मा स्वर दिनुका साथै फिल्ममा समेत अभिनय गरेका छन् ।

Read More

‘हिम्मतवली’ रेखाले जुटाइन् निर्देशक बन्ने हिम्मत

निर्माताको जिम्मा लिएर मुख्य भूमिकामा अभिनय गरिरहेकी रेखा थापा ‘हिम्मतवाली’मा निर्देशकको रुपमा पनि काम गर्दैछिन् । फिल्मका निर्देशक श्याम भट्टराई बिरामी परेपछि रेखा आफैंले निर्देशन सम्हालेकी हुन् । महेन्द्रनगरको पिप्लाडीमा फिल्मको सुटिङ गर्दा गर्दै टाइफाइड भएपछि निर्देशक भट्टराई काठमाडौं फकिर्एका छन् ।
श्याम ‘हिम्मतवाली’को सुटिङमा तत्काल फर्किन नसकेपछि रेखाले फिल्म निर्देशन गर्ने हिम्मत जुटाएकी हुन् । निर्देशकको जिम्मा लिएपछि रेखाले भनेकी छिन्, ‘श्याम दाईको स्वास्थ्य झन बिग्रदै गएपछि आफैंले उपचारको लागि काठमाडौं पठाएकी हु“ ।’

Read More

हातमा भिसा भएर इन्दिरा जोशीलाई किन भएछ जाउँ कि नजाउँ ! (भिडियो हेर्नुहोस् )

अहिले धेरै युवाको सपना विदेशिने छ । भिसा लाग्नै अबेर, लागेपछि विदेश उड्न बेर गर्दैनन् । तर, इन्दिरा जोशीलाई हातमा भिसा भएर पनि जाउँ कि नजाउँ भएको छ । उनले त्यो दोधार गीतमार्फत प्रस्तुत गरेकी छिन् । उनको नयाँ गीत ‘जाउ“ कि नजाउ“’ को म्युजिक भिडियो सार्वजनिक गरिएको छ । अहिले म्युजिक भिडियो निर्देशकका रुपमा निकै चर्चा पाएका नितिन चन्दको निर्देशनमा तयार गरिएको यस म्यूजिकमा कुटुम्बको बाद्य यन्त्रहरुको प्रयोग गरिएको छ ।

Read More

बिएस राणा ‘जंगबहादुर राणा’ बनेपछि…

डायमन्ड शमसेरको चर्चित उपन्यास ‘सेतो बाघ’माथि निर्माण भइरहेका फिल्म तथा टेलिसिरियल ‘सेतो बाघ’मा जंगबहादुरको भूमिकामा बिएस राणा देखिने भएका छन् । सोमवारदेखि जंगबहादुरको सिनको सुटिङ थालिएको छ । नयाँ कलाकारलाई लिएर फिल्म बनाउने भनेपनि नीर शाहले ब्यबसायिक कलाकार थपिरहेका छन् । यस्ता देखिए बिएस जंगबहादुर बनेपछि …

Read More

अमेरिका उड्नुअघि नरेन्द्रको ‘वर्णन’

चर्चित गायक नरेन्द्र प्यासीले एकल संगीत र गायनमा ‘वर्णन’ बजारमा ल्याएका छन् । केही समयका लागि अमेरिका जाने तयारी गरिरहेका उनले अघिल्लो दिन उक्त एल्बम् सार्वजनिक गरेका हुन् । एल्बम्को आइतवार राजधानीमा बिमोचन गरिएको थियो ।

Read More

समाजसेवामा म्युजिकभिडियो निर्देशक

म्युजिक भिडियो निर्देशक तथा संगीतकर्मी गम्बु शेर्पाले समाज सेवामा पनि हात बढाएका छन् । उनीलगायत केहि सहयोगी हातहरुले स्थापना गरेको संस्था एफ सी ई (खान लुगा अनि शिक्षा)ले ५ जना असहाय बालबालिकाको निम्ति एस एल सी सम्मको लागि खान लगाउन अनि पढाउन छात्रबृत्ति प्रदान गर्ने भएको छ । राजधानीमा आयोजित एक पत्रकार भेटघाट कार्यक्रमबीच उक्त संस्थाको प्रतिनिधिहरुले उक्त छात्रबृत्ति प्रदान गर्ने घोÈणा गरेका हुन् ।

Read More

डिजिटल प्रबिधि सिक्न हलिउडबाट प्रशिक्षक बोलाउँदै निर्देशक समाज

काठमाडौं, फागुन २६ । नेपाली फिल्म पूर्ण रुपमा डिजिटलाइज्ड भइसकेको छ । तर, डिजिटल प्रविधिले दिएका सुविधाको उपभोग गर्न नसकिएको भन्दै नेपाल चलचित्र निर्देशक समाजले हलिउडबाट प्रशिक्षक मगाएर कार्यशाला गर्ने भएको छ । नेपाली प्राविधिकको क्षमता अभिवृद्धि गर्नका लागि नेपाल टुरिजम बोर्ड र चलचित्र विकास बोर्डको सहयोगमा उक्त कार्यशाला गर्न लागिएको अध्यक्ष दिनेश डिसीले बताए ।

Read More