Thu. Mar 28th, 2024

हैदराबाद, २७ फागुन (एजेन्सी) । पाकिस्तानी अभिनेत्री सना खानको सडक दुर्घटनामा मृत्यु भएको छ । दुर्घटनामा उनका पति बाबर खान गम्भीर घाइते भएका छन् । समाचारमा बताइएअनुसार बाबरको पनि स्थिति नाजुक छ ।
पाकिस्तानी समाचार एजेन्सीका अनुसार दुर्घटना गएको शुक्रवारको पाकिस्तानको हैदराबाद शहरबाट करिब ३० किलोमीटर टाडा पर्ने लुनीकोटमा भएको थियो । सना पतिसँग कराचीबाट हैदराबाद जाँदैगर्दा कार दुघर्टना भएको हो । कार उनका पति बाबरले चलाइरहेका थिए तर अचानक कार नियन्त्रण बाहिर गएको बताइएको छ ।
दुघर्टनामा दुवैजना गम्भीर घाइते भएका थिए । गम्भीर घाइते भएका सना र बाबरलाई हाइवे प्रहरीले थाहा पाएपछि एम्बुलेन्स बोलाएर जामशोराको लियाकत युनिभसिर्टी अस्पताल पु¥याएका थिए । तर अस्पालतले सनलाई बचाउन सकेन । अहिले बाबरको पनि स्थिति गम्भीर रहेको अस्पतालले जनाएको छ । पाकिस्तानी फिल्ममा राम्रै स्थान बनाएकी सनाले बाबरसँग सन् २०१३ को डिसेम्बरमा बिहे गरेकी थिइन् । सना विशेषगरी टिभी अभिनेत्री थिइन् । उनले केही टिभी सीरियलमा काम गरेकी थिइन् । उनले सीरियल ‘परछाइया’ मार्फत चर्चामा आएकी हुन् ।
पति बाबरसँग सना खान
पाक एक्ट्रेस सना की सड़क हादसे में मौत, पति की हालत नाजुक

%d bloggers like this: