Fri. Apr 26th, 2024

–बाबु सुरेश
काठमाडौं, फागुन २६ । गायक रामकृष्ण ढकाल १५ वर्षपछि एकल साँझमा उत्रिने भएका छन् । ‘ढकाल सुमधुर साझ भाग ३’नाम दिइएको उक्त सांगीतिक कार्यक्रम चैत्र ३० गते होटेल याक यन्ड यति हुने तय भएको छ ।
नेपाली नयाँ वर्Èको अवसरमा उनलाई ग्रिष्मा इन्टरटेन्मेन्टले स्रोतामाझ प्रस्तुत गर्ने मेसो मिलाएको हो । तीन दशकदेखि नेपाली सांगीतिक क्षेत्रमा रहेका ढकाल हालसम्मकै सबैभन्दा धेरै संघर्ष गरेर उचाइ नापेका गायकका रुपमा चिनिन्छन् । उनका एकदर्जन भन्दा धेरै एल्बम सार्वजनिक भएका छन्, फिल्मका गीतमा र कलेक्सन एल्बम्मा स्वर दिनुका साथै फिल्ममा समेत अभिनय गरेका छन् ।
यसअघि मिका सिंहको कन्सर्ट आयोजना गर्ने मध्यका एक गेहेन्द्र घिमिरे, निशान्त पी श्रेष्ठ र संगीतकर्मी अनिल गजमेरले उक्त एकल साँझको ब्यबस्थापनको जिम्मा लिएका छन् । राजधानीमा मंगलावर पत्रकार सम्मेलन गरी ‘ढकाल सुमधुर साँझ भाग ३’ हुने जानकारी गराइएको हो । अहिलेसम्मकै भब्य ब्यबस्थापनमा हुने दाबी गर्दै बिदेशी कलाकार नेपाल आउँदा प्रयोग हुने प्रबिधि, साउण्ड, म्युजिक सिस्टम र ब्यबस्थापन हुने आयोजक घिमिरेले बताए ।
कार्यक्रममा भारतका प्रसिद्ध बाद्यबादक टिम कानिर्भल लाइ झिकायर गरिने बताइएको छ । नेपालका केही चर्चित कलाकारले पनि आफ्ना प्रस्तुति पस्किनेछन् ।

%d bloggers like this: