Wed. May 8th, 2024

काठमाडौं, फागुन २६ । चर्चित गायक नरेन्द्र प्यासीले एकल संगीत र गायनमा ‘वर्णन’ बजारमा ल्याएका छन् । केही समयका लागि अमेरिका जाने तयारी गरिरहेका उनले अघिल्लो दिन उक्त एल्बम् सार्वजनिक गरेका हुन् । एल्बम्को आइतवार राजधानीमा बिमोचन गरिएको थियो । एल्बम्लाई गायक प्यासी, लोकसञ्चारकर्मी नेपालका अध्यक्ष गोबिन्द गिरी ‘प्रेरणा’ र पशुपति म्युजिक प्रालिका सञ्चालक शीव सुवेदीले संयुक्त रुपमा सार्वजनिक गरेका थिए । गीति संग्रहमा पुरन थापाको एकल गीत रहेको छ । एल्बम्मा ‘चन्द्रमाले रोइ माग्यो’, ‘छैन तारा सगरमा’, ‘कस्तो भेट भयो आज’, एउटी परी लगायत आठवटा गीत एल्बम्मा समाहित छन् ।

%d bloggers like this: