Fri. Apr 19th, 2024

काठमाडौं, फागुन २७ । निर्माताको जिम्मा लिएर मुख्य भूमिकामा अभिनय गरिरहेकी रेखा थापा ‘हिम्मतवाली’मा निर्देशकको रुपमा पनि काम गर्दैछिन् । फिल्मका निर्देशक श्याम भट्टराई बिरामी परेपछि रेखा आफैंले निर्देशन सम्हालेकी हुन् । महेन्द्रनगरको पिप्लाडीमा फिल्मको सुटिङ गर्दा गर्दै टाइफाइड भएपछि निर्देशक भट्टराई काठमाडौं फकिर्एका छन् ।
श्याम ‘हिम्मतवाली’को सुटिङमा तत्काल फर्किन नसकेपछि रेखाले फिल्म निर्देशन गर्ने हिम्मत जुटाएकी हुन् । निर्देशकको जिम्मा लिएपछि रेखाले भनेकी छिन्, ‘श्याम दाईको स्वास्थ्य झन बिग्रदै गएपछि आफैंले उपचारको लागि काठमाडौं पठाएकी हु“ ।’ परिआउ“दा रेखाले जे पनि गर्न सक्छे भन्ने कुरालाई प्रमाणित गर्न पनि आफैले निर्देशन सम्हालेको उनको दाबी छ । फिल्मको ३५ प्रतिशत मात्र सुटिङ सकिएको छ । फिल्म मा काम गरेको १२ बर्Èे अनुभवले निर्देशन गर्न सक्ने आँट दिएको उनले बताएकी छिन् । नारी प्रधान एक्सन फिल्म हिम्मतवालीलाई रेखाले दशैंमा रिलिज गर्ने बताएकी छिन् ।

rekha

%d bloggers like this: