Thu. Apr 25th, 2024

काठमाडौं, फागुन २८ । ब्ल्याक पल मुभिज प्रालीको व्यानरको प्रस्तुति रहेको फिल्म ‘आई ह्याव रिजन टु डाई’को अडियो सार्वजनिक गरिएको छ । बुधबार राजधानीमा आयोजित एक कार्यक्रममा उक्त फिल्मको अडियो सार्वजनिक गरिएको हो । ‘आई ह्याव रिजन टु डाई’ कलेजमा अध्ययन गरिरहेका किशोरकिशोरी प्रेम , रोमान्स र वियोगको कथा छ । फिल्ममा कृष्ण पराजुली, सुस्मिता ढकाल र आशिष न्यौपानेको मुख्य भूमिका रहेको छ ।
फिल्म विक्रम थापाले निर्देशन गरेका हुन् । अरुण लुइँटेल, निना थापा र राजु महर्जनले संयुक्त लगानीमा फिल्म निर्माण गरेका हुन् । कार्यक्रममा फिल्म निर्माता संघका अध्यक्ष राजकुमार राई, चलचित्र संघका महासचिब प्रदिप उदय, पत्रकार शन्ति प्रिय र नायक दयाहाङ राई लगायतले फिल्मको अडियो सार्बजनिक गरेक थिए । बैशाख १९ गतेबाट फिल्म सार्बजनिक प्रदर्शनमा आउने भएको छ । फिल्मलाई कारण श्रेष्ठ क्रेजीले वितरणको जिम्मा लिएका छन् । ‘आई ह्याव रिजन टु डाई’लाई निरज श्रेष्ठ र राजेश थापाले खिचेका हुन् भने संगीत प्रतिक थापाको छ ।

%d bloggers like this: