Sat. Apr 20th, 2024

काठमाडौं, २७ फागुन । लोक गायिका निशा सुनारले छोरी जन्माएकी छन् । केही महिनाअघि अमेरिका पुगेकी निशाले अमेरिकामै छोरीको जन्म दिएकी हुन् । अमेरिका पुगेर केही साताअघि मात्र निशाले म्युजिक भिडियो निर्देशक शंकर बिसीसँग बिहेको गरेको सार्वजनिक गरेकी थिइन् । केही वर्षयता सँगै बस्दै आए पनि उनीहरुले आफ्नो बिहेबारे छिपाउँदै आएका थिए ।
फेसबुकबाट बिहेको जानकारी दिएका निशाले छोरी पाएको खबर पनि फेसबुकबाटै सार्वजनिक गरेकी हुन् । छोरीको बाबु बनेपछि शंकर बिसीले फेसबुकमार्फत खुशी व्यक्त गरेका छन् । उनले लेखेका छन्, ‘उनलाई (निशा)लाई धेरै मिस गरिरहेको छु ।’ कार्यक्रमको सिलसिलामा अमेरिका पुगेकी निशालाई गर्भवती भएकै कारण नेपाल आउन नमिलेको हो । गर्भवतिलाई हवाइजहाजमा चढाउन मनाही छ तर उनी अमेरिका जाँदा गर्भ बोकेरै गएकी थिइन् ।

nisa sunar

%d bloggers like this: