Thu. Apr 25th, 2024

काठमाडौं, फागुन २७ । अहिले धेरै युवाको सपना विदेशिने छ । भिसा लाग्नै अबेर, लागेपछि विदेश उड्न बेर गर्दैनन् । तर, इन्दिरा जोशीलाई हातमा भिसा भएर पनि जाउँ कि नजाउँ भएको छ । उनले त्यो दोधार गीतमार्फत प्रस्तुत गरेकी छिन् । उनको नयाँ गीत ‘जाउ“ कि नजाउ“’ को म्युजिक भिडियो सार्वजनिक गरिएको छ । अहिले म्युजिक भिडियो निर्देशकका रुपमा निकै चर्चा पाएका नितिन चन्दको निर्देशनमा तयार गरिएको यस म्यूजिकमा कुटुम्बको बाद्य यन्त्रहरुको प्रयोग गरिएको छ । नेपाली युवाहरुले मातृभूमि छोडेर बिदेश जाने बेलाको दोधारलाई मार्मिक ढंगले प्रस्तुत गरिएको छ । गायिका स्वयंको गीत÷संगीत छ । भिडियोमा उनी सँगै पल शाह र सुमन भट्टराई पनि देखिएका छन् । भिडियो निर्माण योर स्टाइल टिभीले गरेको हो । पल शाहले सम्पादन गरेको यस गीतको कोरियोग्राफी सुमन भट्टराइको छ । भिडियो हेर्नुहोस् ः

%d bloggers like this: