Fri. Apr 26th, 2024

काठमाडाैँ । फिल्म ‘चपली हाइट-३’को ट्रेलर सार्वजनिक भएको छ । निर्माण युनिटले शुक्रबार दिउँसो फिल्मको अफिसियल ट्रेलर सार्वजनिक गरेको हो ।

यसअघिका २ भागले दर्शकहरूको राम्रो प्रतिक्रिया पाएका थिए । यो सिक्वेलले पनि पछिल्ला २ सिक्वेल जस्तै दर्शकको माया पाउनेमा निर्माता अर्जुन आशावादी देखिएका छन् ।

फिल्मममा स्वस्तिमा खड्का, लक्ष्मी बर्देवा, सुपुष्पा भट्ट, अर्पण थापा, अमिर गौतम, महेश त्रिपाठी, जीवन भट्टराई, प्रतीकमान श्रेष्ठ, दीपाश्री निरौलालगायत कलाकारको अभिनय छ ।

देशभरका लागि फिल्मको रिलिज मिति पाैष २ गते तोकिएको छ । २०७६ सालमा नै रिलिज हुनुपर्ने यो फिल्म कोरोना भाइरसको महामारीका कारण अहिलेसम्म धकेलिएको हो ।

यो फिल्म हिन्दी भाषामा पनि सार्वजनिक हुने बताइएको छ । निर्माण पक्षका अनुसार अहिले भारतमा फिल्मको हिन्दी डबिङको काम भइरहेको छ ।

Leave a Reply

%d bloggers like this: