Fri. Apr 26th, 2024

एजेन्सी । बलिउड अभिनेत्री शिल्पा सेट्टी काममा फर्किएकी छिन् । उनका पतिमाथि लागेको आरोपका कारण केही हप्तादेखि कानुनी झमेलामा समेत परेकी शिल्पा ‘सुपर डान्सर ४’को सुटिङमा फर्किएकी हुन् ।
गत जुलाइ १९ तारिखमा शिल्पाका पति राज कुन्द्रा पोर्न फिल्म बनाएको आरोपमा पक्राउ परेका थिए । त्यसपछि विभिन्न सोधपुछका लागि शिल्पा समेत कानुनी झमेलामा तानिएकी थिइन् ।
तर, सोमबार काममा फर्किएकी शिल्पालाई सम्पूर्ण टिमले स्वागत गरेका थिए ।
पतिका कारणले विवादमा तानिएकी शिल्पा र उनकी अामालाई समेत प्रहरीले ठगीको आरोपमा सोधपुछ गरेको थियो । यद्यपी, अहिले यो केस त्यतिकै राखिएको बताइएको छ ।

Leave a Reply

%d bloggers like this: