Fri. Apr 19th, 2024

काठमाडाैँ । नेपाली फिल्म ‘उल्झन’ डिजिटल प्लेटफर्ममा रिलिज भएको छ । गत साउन २९ गते म्यूजिक नेपाल मुभिजको यूट्युब च्यानलमा उक्त फिल्म रिलिज भएको हो ।
कोरोना भाइरसका कारण फिल्महलहरू बन्द भएको  र प्रदर्शन मिति निरन्तर सर्दै गएपछि केही फिल्महरूले डिजिटल प्लेटफर्म रोजेका छन् । सोही अनुरूप उल्झन पनि युट्युबमा रिलिज भएको हो ।
उक्त फिल्ममा स्वदेश फर्किएपछि एक युवाले भोग्ने व्यथालाई उतारिएको छ । फिल्ममा ध्रुव दत्त, रजनी केसी, रामचन्द्र अधिकारी, बेनी ढुङगाना लगायतको अभिनय छ ।
तेजेन्द्र कँडेलको प्रस्तुति र नारायण ढुंगाना कार्यकारी निर्माता रहेको फिल्ममा रामणी न्यौपाने र दिनेश गौतमको संगीत, कुमार महर्जनको द्वन्द्व, शिव विकको नृत्य, लक्ष्मण घिमिरेको छायांकन र आरती अधिकारीको लेखन छ ।
यो फिल्म युरोपका विभिन्न स्थानमा छायाँकन गरिएको छ । नवीन अधिकारी र हरि कार्कीले संयुक्त रूपमा यो फिल्म निर्माण गरेका हुन् ।
https://www.youtube.com/watch?v=0PtQKOPkXes&t=1s

Leave a Reply

%d bloggers like this: