Thu. May 2nd, 2024

एजेन्सी । कोपा अमेरिकाको उपाधि अर्जेन्टिनाले जितेको छ । ब्राजिलको रियो दि जेनेरियोस्थित माराकाना रंगशालामा अर्जेन्टिनाले घरेलु टोलीलाई हराएर उपाधि जितेको हो । अर्जेन्टिनाको जितमा एंगेल डी मारियाले निर्णाक गोल गरेका थिए ।
अर्जेन्टिनालाई विजयी गराउन खेलको २२ औं मिनेटमा एन्जल डी मारियाले गोल गरेका थिए । मारियाले रोड्रिगो डे पलको पासमा उत्कृष्ट गोल गरेका हुन् ।
अर्जेन्टिनाले सन् १९९३ मा कोपा अमेरिकाको उपाधि जितेयता मुख्य प्रतियोगिताको उपाधि पहिलो पटक जितेको हो । ब्रजिलका लागि नेयमारले खासै राम्रो प्रदर्शन गर्न सकेनन् । योसँगै अर्जेन्टिनाले कोपा अमेरिकामा उरुग्वेसँग बराबरी १५–१५ उपाधि जितेको छ ।
ब्रजिलले भने ९ पटकमात्र कोपा अमेरिका जितेको छ । सेमिफाइनलमा कोलम्बियालाई पेनाल्टी सुटआउटमा हराउँदै अर्जेन्टिना र पेरुलाई हराउँदै ब्रजिल फाइनलमा पुगेको थियो । तेस्रो स्थान भने कोलम्बियाले ओगटेको छ । शनिबार भएको खेलमा बोलम्बियाले पेरुलाई ३–२ गोल अन्तरले हराएको हो ।

Leave a Reply

%d bloggers like this: