Fri. May 17th, 2024

एजेन्सी । इङ्ल्याण्डको युरोकपको उपाधि जित्ने सपना चकनाचुर बनेको छ । पेनाल्टी सुटआउटमा इङ्ल्याण्ड ३–२ ले इटालीसँग पराजित बनेको हो ।
लण्डनस्थित वेम्बली रंगशालामा सोमबार बिहान निर्धारित तथा अतिरिक्त समयको खेल १–१ गोलको बराबरीमा सकिएपछि खेल पेनाल्टी सुटआउटमा पुगेको थियो । खेलमा लुक शाले इङल्यान्डलाई खेलको दोस्रो मिनेटमै अग्रता दिलाएका थिए । यता, इटलीबाट ६७ मिनेटमा लियोनार्दो बनुचीले बराबरी गोल फर्काएका थिए ।
अतिरिक्त समयमा भने दुबै टोलीले कुनै गोल गर्न सकेनन् ।
इटलीले युरोकप जितेको यो दोस्रो अवसर हो । यसअघि १९६८ मा इटलीले पहिलोपटक यो उपाधि जितेको थियो । सन् २००० र २०१२ मा भने फाइनल पुगेर इटली पराजित भएको थियो ।
यससँगै इटाली पछिल्ला ३४ खेलमा अपराजित पनि बन्न पुगेको छ । युरोकपमा इटालीले अहिलेसम्म सबै ७ खेल जित्यो, उसले समूह चरणमा टर्की र स्विट्जरल्यान्डलाई समान ३–० तथा वेल्सलाई १–० ले हराएको थियो ।

Leave a Reply

%d bloggers like this: