Fri. Apr 19th, 2024

एजेन्सी । अभिनेता ऋतिक रोशन र अभिनेत्री दिपिका पादुकोण सिद्धार्थ आनन्दको फिल्म ‘फाइटर’मा देखिने भएका छन् । ऋतिक र दीपिका पहिलो पटक जोडीका रुपमा यो फिल्ममा देखिन लागेका हुन् ।
क्रिटिक्स तरण आदर्शले फिल्म ३० सेप्टेम्बर २०२२मा रिलिज हुने बताउँदै यो फिल्मको घोषणा गरेका हुन् ।
यो फिल्म वायकोम १८ स्टुडियो, ममता आनन्द, रमोन छिब र अंकु पाण्डेले निर्माण गर्न लागेका हुन् । यो फिल्मलाई भारतको पहिलो एरियल एक्सन फ्रेन्चाई फाइटर फिल्मको रूपमा लिइएको छ ।
यो फिल्मको कथा सशस्त्र सेनाको देशप्रेम, त्यग र विरतामा आधारित रहने जानकारी दिइएको छ ।
ऋतिकले गत १० जनवरीमा आफ्नो जन्मदिनको अवसर पारेर फिल्मको घोषणा गरेका थिए । सो समय फिल्मको एक टिजर समेत सार्वजनिक गरिएको थियो ।

Leave a Reply

%d bloggers like this: