Sat. Apr 27th, 2024

काठमाडौँ । अभिनेत्री मनीषा कोइरालाको स्वरमा महामृत्युन्जय मन्त्र सार्वजनिक भएको छ । महाशिवरात्रिको अवसर पारेर मन्त्र भिडियो सहित सार्वजनिक गरिएको हो ।
कोइरालाले यो भजन सांगीतिक समुह ‘सुरसुधा’सँगको सहकार्यमा ल्याएकी हुन् । सुरसुधाका तबलावादक सुरेन्द्र श्रेष्ठले महामृत्युन्जय मन्त्रलाई संगीतबद्ध गरेका छन् ।
भजनमा अभिनेत्री कोइरालासहित सुरसुधाकै गायिका सरस्वती खत्री तथा तबलावादक श्रेष्ठको पनि मन्त्रमा स्वर रहेको छ । साढे चार मिनेट लामो भजनमा कोइरालाको स्वरमा मन्त्र पाठ तथा गायन समेटिएको छ ।
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् ।

Leave a Reply

%d bloggers like this: