Thu. May 2nd, 2024

काठमाडाैँ । बहुप्रतिक्षित फिल्म ‘लप्पन छप्पन २’को अफिसियल ट्रेलर ट्रेन्डिङको ४० अाैँ स्थानमा परेको छ । शिवरात्रीको अवसर पारेर काठमाडाैँबाट बिहीबार सार्वजनिक गरिएको ट्रेलर १७ घण्टा नबित्दै ट्रेन्डिङमा पर्न सफल भएको हो ।
ट्रलरले फिल्मको एक्शनको पाटो देखाएको छ । पैसा र शक्तिको वरीपरी घुमेको ट्रेलरमा देश तथा विदेशमा खिचिएका उत्कष्ट दृश्यहरू प्रस्तुत गरिएको छ ।
मुकुन्द भट्टको निर्माण तथा निर्देशन गरेको फिल्ममा शिव श्रेष्ठ, सौगात मल्ल, अर्पण थापा, अनुपविक्रम शाही, प्रकाश कुँवर, स्व.दीपक क्षेत्री, सरिता गिरी, एञ्जल श्रेष्ठ, अनिल खनाल, राजेन्द्र विष्टलगायतका कलाकारको अभिनय रहेको छ ।
यो फिल्म हिन्दी, तमिल, तेलुगु, भोजपुरी र चाइनिज गरि ६ भाषामा प्रदशर्न हुने निर्माण पक्षले जानकारी दिएको छ ।
यो फिल्म गोल्डेन हिल्स पिक्चर्ससँग रोयल कुँवर इन्टरटेनमेन्ट, इपी एजुकेशन अस्ट्रेलिया, उमी ग्रुप युरोप र म्याक मिडियाको सहकार्यमा निर्माण भएको हो ।
यो फिल्म चैत २७ गतेदेखि प्रदर्शन हुँदैछ । कोरोना भाइरसको महामारीका कारण यो फिल्मको रिलिज डेट पछाडी धकेलिएको हो ।

Leave a Reply

%d bloggers like this: