Fri. Apr 26th, 2024

काठमाडौं ३ बैशाख । निकै महँगो बजेटमा बनिएको फिल्म ‘पासवर्ड’को रिलिज समयमा पनि निकै चर्चा भयो । किन कि यस चलचित्रमा बलिउड अभिनेत्री सन्नी लियोनी पनि जोडिएकी थिइन् । अझ, रेड कार्पेट प्रिमियरको लागि सन्नी नेपाल नै आएपछि झनै चर्चा थपियो । यस चलचित्रमा सन्नीले आइटम नृत्य गरेकी थिइन् । जसको लागि २ करोड पारिश्रमिक दिइएको चर्चा पनि उत्तिकै चलेको थियो ।

तर, रिलिजपछि यस चलचित्रले हलमा पानी समेत भन्न पाएन । रिलिज अघिको चर्चा र तामझामले चलचित्रको व्यापारमा अर्थ राखेन । यस चलचित्रबाट निर्माताले ठुलो घाटा बेहोर्नु पर्‍यो ।

हलमा रिलिज भएको ७ महिनापछि चलचित्रलाई युट्युबमा रिलिज गरिएको छ । तर युट्युबमा भने चलचित्रले दर्शकको राम्रो साथ पाएको छ । लकडाउनका कारण घरमा थुनिएर बसेका दर्शकले चलचित्र हेरेका छन् । त्यसकारण युट्युबको ट्रेण्डिङ एकमा यो चलचित्र पर्न सफल भएको छ । नयाँ वर्षको अवसर पारेर बैशाख १ गते रिलिज गरिएको यस चलचित्र २४ घण्टा नबित्दै नेपाल युट्युब ट्रेण्डिङको नम्बर १ मा उक्लिएको हो ।

सम्राट शाक्यको निर्देशनमा बनेको यस चलचित्रमा अनुपविक्रम शाही, विक्रम जोशी, बुद्धि तमाङ, रविन्द्र झा लगायतको अभिनय रहेको छ । चलचित्रमा अमित बस्नेत र हिराल जोशीको लगानी रहेको छ ।

Leave a Reply

%d bloggers like this: