Thu. Apr 18th, 2024

विगत दुई हप्ता यता सम्पूर्ण नेपाली फिल्म इन्डस्ट्रीमा ताला लागे जस्तै भएको छ । काेराेना भाईरसबाट बच्न र क्षति कम गर्न लागु गरिएको दुई हप्ता लामो ‘लकडाउन’ले नेपाली फिल्मका हरेक गतिविधि ठप्प भएका छन् ।अहिले दैनिक रूपमा चलचित्रसँग सम्बन्धित काम गरेर परिवार पाल्ने प्राविधिकहरूले आर्थिक सङ्कट भोग्नु परेको छ ।

दैनिक मजदुरी गर्ने फिल्म प्राबिधिकहरु मारमा परिरहेको बखत अभिनेता पल शाहले उनीहरुको लागि रु. ५ लाख सहयोग गर्ने घोषणा गरेका छन् । उनले विपन्न तथा आर्थिक अवस्था कमजोर भएका चलचित्र प्राविधिक तथा अन्य सहयोगीहरूकाे जनजिवनलाई सहज बनाउनकाे लागि गरेको बताएका छन् ।

उनले आफ्नो फेसबुकमा एक स्टाटस लेख्दै विपन्न तथा आर्थिक अवस्था कमजोर भएका प्राविधिकहरूलाई आफ्नो व्यक्तिगत तर्फबाट ५ लाख सहयोग गर्न लागेको जानकारी गराएका हुन् ।

उनले लेखेका छन् –‘बिश्वव्यापी महामारीका रूपमा फैलिरहेकाे काेराेना भाईरस (कोभिड -१९ ) काे प्रभावले आम मानिसकाे जनजिवन प्रभावित भइरहेको छ । नेपाली चलचित्र क्षेत्र पनि यसको मारमा परेको सर्वविधित नै छ र यस्को पिडा चलचित्र प्राविधिक तथा अन्य व्यक्तिहरूमा पनि परिरहेको छ । विपन्न तथा आर्थिक अवस्था कमजोर भएका चलचित्र प्राविधिक तथा अन्य सहयोगीहरूकाे जनजिवनलाई सहज बनाउनकाे लागि मैले आर्थिक सहयाेग गर्ने घाेषणा गर्दछु । मेराे याे सहयाेग वितरण कार्यमा चलचित्र प्रविधिक संघ नेपाल (नेफ्टा) ले सहजिकरण गर्ने आशा गरेको छु । मैले व्यक्तिगत तर्फबाट पहिलाे चरणमा नगद रू ५,००,००० ( पाँच लाख ) रूपैया सहयोग गर्ने घाेषणा गर्दछु । आर्थिक अवस्था कमजोर हुनुभएका चलचित्र क्षेत्रमा सक्रिय तपाईहरू सबैकाे साथमा म सधै हुनेछु ।’

प्राविधिकहरूलाई बिहान बेलुका हात-मुख जोर्नै समस्या भएपछि चलचित्र प्राविधिक सङ्घले फिल्म कर्मीसँग सहयोगको अपिल गरेको थियो ।
चलचित्र प्राविधिक तथा अन्य सहयोगीहरूको जनजीवनलाई सहज बनाउनको लागि आर्थिक सहयोग गरेको उनले बताएका छन् । उनको यस सहयोगलाई सबैले प्रशंसा गरेका छन् ।

Leave a Reply

%d bloggers like this: