Sat. Apr 27th, 2024

मेगा बजेट फिल्म ‘ठग्स अफ हिन्दोस्तान’ पछि अभिनेता आमिर खान पर्दामा देखिएका छैनन् । यद्यपि, बलिउडका मिस्टर परफेक्शनिस्ट आफ्नो नयाँ फिल्मलाई लिएर लगातार चर्चामा छन् । उनी चाँडै फिल्म ‘लाल सिंह चड्ढा’ लिएर आउँदैछन् । केही दिन अगाडि फिल्मको अफिसियल पोस्टर सार्वजनिक गरिएको थियो । अब, दर्शक फिल्मको व्यग्र प्रतिक्षामा छन् ।

‘लाल सिंह चड्ढा’ को ट्रेलर आउन अझै केही समय बाँकी छ । यसबीच, फिल्मबाट आमिरको नयाँ लुक सोसल मिडियामा बाहिरिएको छ । यो निर्माण टिमले आधिकारिक रूपमा सार्वजनिक गरेको भने होइन । केही फ्यानले छायांकनको क्रममा खिचेको तस्विर सामाजिक सञ्जालमा साझेदार गरेका हुन् । तस्विरमा आमिरलाई लामो कपाल र दाह्रीमा देख्न सकिन्छ ।

आमिर यो फिल्ममा एक ५४ वर्षिय व्यक्तिको भूमिकामा देखिँदैछन् । उनको भाइरल भएको नयाँ लुक फिल्मको पोस्टरमा देखिएको लुकभन्दा अलग छ । पोस्टरमा उनी एक सरदारको रुपमा देखिएका थिए । पोस्टरमा उनको शिरमा पगरी बाँधिएको थियो भने हाफ सर्टमा उनको दाह्री र कपाल निकै लामो देखिएको थियो । उनको यो लुक्स निकै रुचाइएको थियो ।

आमिर खानको फिल्म ‘लाल सिंह चड्ढा’ सन् १९९४ मा आएको हलिउड फिल्म ‘फरेस्ट गम्प’ को हिन्दी रिमेक हो । ओरिजिनल फिल्ममा मुख्य पात्र फरेस्टको दिमाग कम काम गर्छ । तर पनि उसले सफलता प्राप्त गर्छ र ऐतिहासिक पुरुष बन्छ । तर, उसलाई प्रेमिकाले छाडेर जान्छिन् । यसको हिन्दी रिमेकमा आमिरको अपोजिटमा अभिनेत्री करीना कपूर खान छिन् ।

filmykhabar.com

Leave a Reply

%d bloggers like this: