Sun. Apr 28th, 2024

शुक्रबार बिहानदेखि बेलुकासम्म ‘कबड्डी ३’ले  दर्शक लोभ्याउन सफल भयो । रामबाबु गुरुङ निर्देशित सिनेमाले मल्टीप्लेक्स र सिंगलका स्क्रिनमा धमाकेदार सुरूवात गर्यो । बिहान ८ बजे ७० प्रतिशत देखिएको अकुपेन्सीले दिउँसोदेखि शतप्रतिशत नाघ्दै हाउसफुल नै भयो ।

हाउसफुल प्रदर्शन र  सिनेमालाई मिलेको बलियो ‘वर्ड अफ माउथ’ शनिबार अँझ धेरै दर्शक हल पुग्ने अनुमान गर्न सकिन्छ  । सिनेमा हेरेका दर्शकले कलाकारको अभिनय र निर्देशकीय क्षमताको प्रशंसा गरेका छन् ।

वितरक कम्पनि ‘स्टेशन ५’ले दिएको जानकारी अनुसार सिनेमाले पहिलो दिनमा १ करोड ४७ लाखको व्यापार गरेको छ । यो साल रिलिज भएका सिनेमा मध्ये ‘कबड्डी ३’ले गरेको ओपनिङ नै सर्वाधिक ठुलो हो भने नेपाली सिनेमाले एकै दिनमा गरेको यो नै सबैभन्दा ठूलो व्यापारिक सुरूवात हो ।

सिनेमा प्रति दर्शकको सकारात्मक टिप्पणी “कबड्डी कबड्डी कबड्डी” का लागि बरदान भएको छ । दर्श्कको प्रतिक्रियापछि शनिबारका लागि मल्टीप्लेक्सले “कबड्डी कबड्डी कबड्डी” का बढाएका छन् । “कबड्डी कबड्डी कबड्डी” को लागि सुरुवाती ६५ शो निकालेको क्युएफएक्सले शनिबारको शो बढाएर  ७४ पुर्याएको छ भने १२ शो दिएको बिग मुभिजले पनि १४ शो दिएको छ ।

राजधानीबेस यी मल्टीप्लेक्समा १ सय १२ शोजबाट प्रदर्शन सुरु गरेको ‘कबड्डी ३’ शनिबार १ सय ३० शोजमा प्रदर्शन हुनेछ ।

दयाहाङ राई, उपासना सिंह ठकुरी, विल्सन विक्रम राई, कर्मा शाक्य, विजय बराल, बुद्दि तामाङ, रिश्मा गुरुङलगायतले सिनेमामा मुख्य भूमिका निर्वाह गरेका छन् ।

www.thecinematimes.com

Leave a Reply

%d bloggers like this: