Mon. Apr 29th, 2024

फिल्म “बादशाह जुट”को रिलिज मिति परिवर्तन गरिएको छ । कार्तिक १ गतेबाट रिलिज हुने भनिएको फिल्म दुई साता पछाडी धकेलिदै कार्तिक १५ मा पुगेको छ । कार्तिक १५ गते नै सुशीलको अर्को फिल्म ‘लभ डायरिज’ प्रदर्शनमा आउँदै छ । ‘बादशाह जुट’ यो मितिमा पुगेपछि सुशील स्टारर फिल्म ‘लभ डायरिज’ सम्भवत पछाडि धकेलिने सम्भावना बनेको छ । फिल्मको नयाँ रिलिज मितिका साथ नयाँ पोस्टर सार्वजनिक भएको छ ।

निर्देशक जोनी सिंह राणाको निर्देशन रहेको फिल्म “बादशाह जुट”मा सुशिल श्रेष्ठ, आमिर गौतम, रविन तामाङ, रोशी खड्का, केइषा रावत, रश्मि पाण्डे, दीपक क्षेत्री, कमलमणि नेपाल लगायतका कलाकारहरुको अभिनय रहेको छ भने अतिथि भूमिकामा प्रियंका कार्की रहेकी छिन् ।

एच एण्ड बि फिल्मस् प्रा ली र गोल्डेन ग्रेप्स फिल्मस् एण्ड इन्टरटेनमेन्ट प्रा लीको संयुक्त व्यानरमा निर्माण भएको फिल्ममा राज कुमार उप्रेतीको द्धन्द्व, कृष्ण भारद्धाजको संगीत , विक्रम स्वारको कोरियोग्राफी, कोशिस क्षेत्री र मोहित मुनालको संगीत, दिर्घ खड्काको सम्पादन रहेको छ । बादशाह जुटमा एच एण्ड बी फिल्मससँग गोल्डेन ग्रेप्स फिल्म एण्ड इन्टरटेनमेन्टले सहकार्य गरेको छ । अभिषेक कुमार सैनीले लेखेका फिल्ममा निर्देशक जोनी सिंह राणाको नै कथा रहेको छ ।

filmyfanda.com

Leave a Reply

%d bloggers like this: