Sun. Apr 28th, 2024

आजबाट फिल्म “कबड्डी कबड्डी कबड्डी” देशभर प्रर्दशनमा आएको छ । संविधान दिवसको सार्वजनिक विदा पारेर रिलिज भएको उक्त फिल्ममा दयाहाङ राई, उपासना सिंह ठकुरी, विजय बराल, रिश्मा गुरुङ, कर्मा शाक्य, माओत्से गुरुङ, पुष्कर गुरुङ, कविता आले, विल्सन बिक्रम राई, बुद्दि तामाङ, लुनिभा तुलाधर, कमलमणि नेपाल, अरुणा कार्की पोखरेल, राजन खतिवडा, मणि के राई, डि.बि गुरुङ, राजेन्द्र थापा लगायतका कलाकारहरुको अभिनय रहेको छ ।
No photo description available.
स्वजातिय विवाह र अन्तरजातीय प्रेम सम्वन्धको अन्तरद्वन्द रहने फिल्ममा शैलेन्द्र ध्वज कार्कीको छायाँकन, निमेष श्रेष्ठको सम्पादन र रोहित शाक्यको पार्श्वसंगीत रहेको छ । फिल्मका निर्माता मणिराम पोखरेल, अर्जुन कार्की र ओम चन्द रौनियार हुन् । बासुरी फिल्मसको निर्माण र सिनेमा आर्टको प्रस्तुतिमा रहेको फिल्ममा माउन्टेन स्टोरिज र नौमती इन्टरटेनमेन्टले सहकार्य गरेका छन् ।
Image may contain: 2 people, crowd and night
‘कबड्डी’ बाट मौलिक कथा पस्किएका निर्देशक रामबाबु गुरुङ निर्देशित यस फिल्मले देशभरका मल्टीप्लेक्स र सिंगल दुबै स्क्रिनमा आफ्नो बलियो उपस्थिति जनाएको छ । मल्टीप्लेक्समा यो फिल्मले सर्वाधिक सोज पाएको छ, जुन यसअघि कुनै नेपाली फिल्मले पाएका थिएनन् ।
अाज फिल्म हलमा “कबड्डी कबड्डी कबड्डी”का लागि दर्शकको व्यापक चहलफहल रहेको छ ।

Leave a Reply

%d bloggers like this: