Mon. Apr 29th, 2024

फिल्म “काले दाई” को फस्टलुक सार्वजनिक भएको छ । फरक शैलीमा रहेको उक्त फस्टलुकमा फिल्मका मुख्य कलाकारहरुलाई फिर्चड गरिएको छ । उक्त फस्टलुकसंगै फिल्मको रिलिज मिति पनि सार्वजनिक गरिएको छ । फिल्म असोज १७ गतेबाट रिलिज हुँदै छ ।
नौधारे फिल्म प्रोडक्सन र रामजाली प्रोडक्सनको ब्यानरमा निर्माण भएको फिल्ममा इन्द्र रामजाली, शिशिर भण्डारी, अनु पराजुली, सुरेन्द्र केसी, शारदा गिरी, उत्तम केसी, विष्णु सापकोटा, गीता अधिकारी, गोबिन्द श्रेष्ठलगायतका कलाकारहरुको अभिनय रहेको छ । फिल्ममा सम्शेर गुरुङ र ईन्द्र रामजालीको लगानी छ । इन्द्र रामजाली र किशन अर्यालको कथा रहेको फिल्ममा पवन गौतमको छायांकन, कुमार महर्जनको द्वन्द्व र रामजी लामिछानेको कोरियोग्राफी रहेको छ ।
फिल्म ‘पर्व’ मा समावेश चर्चित गीत ‘काले दाई’ को शिर्षक सापटी लिएर यो फिल्म बनेको छ । तारा थापा ‘किम्भे’ को सम्पादन रहेको फिल्मलाई आरआर फिल्मस्ले वितरण गर्नेछ ।

Leave a Reply

%d bloggers like this: