Mon. Apr 29th, 2024

नेपाली चलचित्र ‘गुञ्जन’ को शुभमुर्हत भएको छ । पोखराको विन्ध्यावासिनी मन्दिरमा चलचित्र गुञ्जनको आज मंगलबार शुभमुर्हत भएको हो ।
चलचित्रको छायंकन आजदेखि पोखरामा सुरु भएको छ । उक्त चलचित्रको ९० प्रतिशत छायंकन पोखरामा हुने र बाँकी काठमाडौंमा गरिने निर्माण युनिटले जानकारी दिएको छ । ए. एच ईन्टरटेन्मेन्ट प्रा.ली को ब्यानरमा निर्माण हुन लागेको चलचित्रलाई अष्टमान महर्जनले निर्देशन गर्ने भएका छन ।
चर्चित द्धन्द्ध निर्देशक अष्टमान महर्जनले चलचित्र गुञ्जन देखि निर्देशनमा डेब्यु गर्न लागेका हुन् । प्रेम कथामा आधारित रहेको चलचित्र गुञ्जनलाई सुनिता शाहीले निर्माण गरेकी हुन भने हिरा कृष्ण शाहीले प्रस्तुत गरेका हुन् । उक्त चलचित्रलाई चर्चित छायाँकार राजेश श्रेष्ठले छायंकन गर्नेछन् ।
महेश दवाडिको कथा , पटकथा र संवाद रहेको चलचित्र गुञ्जनमा कविराज गहतराजको कोरियोग्राफि , अर्जुन पोख्रेल र कल्याण सिंहको संगीत रहेको छ भने अस्मिता अधिकारी, निशान भट्टराई र बनिका प्रधानले उक्त चलचित्रको गितमा आवाज दिएका छन् ।
चलचित्रमा सरोज खनाल , हिउवाला गौतम, सारा सिरपाली , प्रितमराज सेञ्चुरी, रोहन शाही, कविर खड्का लगायतको मुख्य अभिनय रहने छ । प्रितमराज सेञ्चुरीले चलचित्र गुञ्जन बाट डेब्यु गर्न लागेका हुन् ।
रिलिज मिति तय नभएता पनि निर्माण युनिटले चलचित्रलाई फागुनमा प्रदर्शन गर्न लागेको खबर छ ।

news24

Leave a Reply

%d bloggers like this: