Mon. Apr 29th, 2024

फिल्म ‘छ माया छपक्कै’ को अफिसियल पोष्टर सार्वजनिक भएको छ । यस फिल्मको दर्शकले प्राप्त गरेको एक मात्र तथा पहिलो सामाग्री रहेको छ । सार्वजनिक पोस्टरमा केदार घिमिरे, दिपक राज गिरी, जितु नेपाल र नायिका केकी अधिकारी फिचर्ड गरिएको छ । पोस्टरमा प्रयोग गरिएको डोको र घुम मार्फत फिल्मले नेपाली सामग्री प्रमोट गरेको अनुमान लगाउन सकिन्छ । पोस्टरमा कलाकार गाउले परिवेसको रहेको समेत अनुमान लगाउन सकिन्छ ।
आमा सरस्वती मुभिज र रोहित अधिकारी फिल्मस्को संयुक्त ब्यानरमा निर्माण भएको फिल्म ‘छ माया छपक्कै’ का निर्माता रोहित अधिकारी रहेका छन् । फिल्म दिपेन्द्र लामाले निर्देशन गर्दैछन् भने छायांकन हरी हुमागाईंको छ । फिल्मका लागि कलाकार केकी अधिकारी, दिपकराज गिरी, दीपा श्री निरौला, जितु नेपाल, केदार घिमिरे, सुपुष्पा भट्ट लगायत छन् । फिल्ममा केकी र दिपक पहिलो पटक जोडीको रुपमा देखिदैछन् । फिल्मले करिब ४० वर्ष उमेर अन्तर रहेको जोडीको कथा भन्ने छ । फिल्ममा दिपाश्री निरौला सल्लाहकार निर्देशकको रुपमा रहेकी छन् । फिल्मको प्रदर्शन मिति तय भएको छैन ।
 

merofilm.com

Leave a Reply

%d bloggers like this: