Fri. Apr 19th, 2024

बलिउड सुपरस्टार सलमान खानले रानु मण्डललाई ५५ लाखको घर गिफ्ट गरेको भारतीय सञ्चार माध्यमले जनाएका छन् । मुम्बईको रेलवे स्टेसनमा चर्चीत भारतीय गायिका लता मंगेश्करको गीत ‘एक प्यारका नगमा हैँ’ गाइरहेका बेला एक इन्जिनियर एतिन्द्र चक्रवृतिले उनको भिडियो बनाएर फेसबुकमा हालेपछि उनी रातरात भाइरल भएकी थिइन् । त्यसपछि उनलाई भारतीय गायक हिमेश रेश्मियाले आफुसँगै गीत गाउन लगेका थिए ।
हिमेशको गीत गाएपछि झनै चर्चामा आएकी रानुलाई सलमान खानले एक फ्लाय्ट किनिदिएको जनाइएको छ । टुडेखबरले स्रोलाई उद्रित गरेर लेखेको उल्लेख गर्दै जनसत्ता डटकमले जनाए अनुसार मुम्बईमै सलमानले सो घर गिफ्ट गरेका हुन् । सामाजिक योगदान गर्दै आएका सलमान खानले उनलाई सहयोग गरेको आधिकारीक खबर भने अहिलेसम्म बाहिर आएको छैन् ।
यसका साथै सलमानले रानुलालाई आफ्नो नयाँ फिल्म दवंग–३ मा गीत गाउने मौका समेत जनाइएको छ । अहिले रानु भारतमा मात्रै नभएर विश्वभर नै चर्चामा रहेकी छन् । उनलाई बाहिर समेत गीतका लागि अफर आइरहेका छन् भने भोजपुरी इन्डस्ट्रिबाट समेत गाउनका लागि आफर आएको छ ।

news24

Leave a Reply

%d bloggers like this: