Sat. Apr 27th, 2024

काठमाडौं । हामी अंगे्रजी वर्ष २०१८ को अन्त्यतिर छौं । केही दिनपछि हामीले अंग्रेजी नयाँ वर्ष २०१९ लाई स्वागत गर्दैछौं । आज हामीले तपाईमाझ २०१८ मा रिलिजमा आएका उत्कृष्ट ठहरिएका पाँच नेपाली फिल्महरुको बारेमा जानकारी गराउँदै छौं ।
यी पाँच फिल्म जसले दर्शकहरुको जन जित्नुका साथै बक्स अफिसमा पनि राम्रो कलेक्शन गरेका थिएः
१. ‘छक्का पञ्जा ३’
दीपाश्री निरौलाको निर्देशनमा बनेको ‘छक्का पञ्जा ३’ फिल्म २०१८ मा सबै भन्दा बढी दर्शकहरुले रुचाएका थिए । समसामयिक विषयमाथि बनेको यो फिल्मले बक्स अफिसमा १३. ५० करोड भन्दा बढीको कलेक्शन गरेको थियो । २०१८ मा नेपाली फिल्म उद्योगको बक्स अफिसमा सबै भन्दा बढी कलेक्शन गर्ने फिल्म पनि ‘छक्का पञ्जा ३’ नै बनेको छ ।
यो फिल्ममा दीपकराज गिरी, दीपिका प्रसाई, जितु नेपाल, केदार घिमिरे, बुद्धी तामाङ, किरण केसी, अनुराग कुँवार, नीर शाह लगायतका कलाकारहरु मुख्य भुमिकामा छन् ।
२. ‘सत्रु गते’
मह जोडी जस्ता स्टारको फिल्म ‘सत्रु गते’ले पनि दर्शकहरुको उत्कृष्ट साथ पाएको थियो । निर्माण पक्षका अनुसार यो फिल्मले बक्स अफिसमा १२.५४ करोड भन्दा बढीको कलेक्शन गरेको थियो । कमेडी र पारिवारिक ड्रामा ‘सत्रु गते’मा मदनकृष्ण र श्रेष्ठ र हरिबंश आचार्यको साथमा दीपकराज गिरी, दीपाश्री निरौला, प्रियंका कार्की, पल शाह र आँचल शर्मा मुख्य भुमिकामा छन् । फिल्मलाई प्रदीप भट्टराईले निर्देशन गरेका हुन् ।
३. ‘मिस्टर झोले’
अभिनेता दयाहाङ र दीया पुन स्टार फिल्म ‘मिष्टर झोले’ले १५ दिनमा बक्स अफिसमा ४ करोड भन्दा बढीको कलेक्शन गरेको थियो । फिल्मलाई टेकेन खड्काले निर्माण गरेका हुन् ।
४. ‘लिलिबिली’
अभिनेता प्रदीप खड्का र जसिता गुरुङ स्टार फिल्म ‘लिलिबिली’ले पनि दर्शकहरुको राम्रो साथ पाएको थियो । यो फिल्मले ५१ औं दिनको केकसमेत काटेर सेलिब्रेशन गरेको थियो । फिल्मलाई मिलन चाम्सले निर्देशन गरेका हुन् । निर्माण पक्षका अनुसार यो फिल्मले ६ करोड भन्दा बढी बक्स अफिसमा कलेक्शन गरेको थियो । फिल्मलाई मिलन चाम्स, सुदीप खड्का र गोबिन्द शाहीले निर्माण गरेका हुन् ।
५. ‘इन्टु मिन्टु लण्डनमा’
रेनेशा राईको डेब्यु निर्देशनमा बनेको फिल्म ‘इन्टु मिन्टु लण्डनमा’ ले पनि दर्शकहरुको राम्रो साथ पाएको थियो । यो फिल्मले बक्स अफिसमा रिलिजको दोस्रो सातासम्ममा ४.३० करोड भन्दा बढीको व्यापार गरेको थियो । यसै फिल्मबाट धिरज मगरले आफ्नो फिल्मी करियर पनि सुरु गरेका हुन् । यो फिल्ममा निर्देशक राईले लण्डनको सुन्दरतासँगै धिरज र अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाहको अनस्क्रीन रोमान्सलाई प्रर्दामा प्रस्तुत गरेकी छन् ।
यसका साथै २०१८ मा रिलिजमा आएका अन्य फिल्महरु ‘चङ्गा चेट’, ‘कान्छी’, ‘कृ’, ‘रामकहानी’, ‘नाई नभन्नु ल ४’, ‘ह्याप्पी डेज’, ‘ब्लाइण्ड रक्स’, ‘सुनकेशरी’, ‘कोहलपूर एक्प्रेस’, ‘प्रसाद’ लगाएतले पनि दर्शकहरुको मन जित्नुका साथै बक्स अफिसमा राम्रो कलेक्शन गरेको थियो ।

News24

Leave a Reply

%d bloggers like this: