Mon. Apr 29th, 2024

काठमाडौं ।
तपाईले सुन्नु भएको छ, जसले १२६ घण्टा नाचेर गिनिज वल्र्ड अफ बुकमा नाम लेखाउँदैछ भनेर ? नाराणथानमा बस्दै आएकी बन्दना नेपालले १२६ घण्टा नाचेर गिनिज बुकमा नाम लेखाउने तयारी गरिरहेकी छन् । यसको लागि बन्दनाले गिनिज वल्र्ड अफ रेकर्डको लागि एप्लाई गरिसकेकी बताएकी छन् ।
डान्स टिचर समेत रहेकी बन्दनाले एक युट्युब च्यानलसँग कुराकानी गर्दै आफुले १२६ घण्टा नाचेरै गिनिज बुकमा नाम लेखाउँदै गरेकी जानकारी गराएकी हुन् । उनले भनेकी छन्, ‘मैले लङ्गेष्ट डान्स म्याराथनको लागि मैलै एप्लाई गरेकी छु । मैले १२६ घण्टा नाचेर रेकर्ड राख्न लागेकी हुँ । यो भन्दा पहिले भारतको केरेलाकी एक जना महिलाले १२४ घण्टा नाचेर कायम गरेकी रेकर्डलाई तोड्न लागेकी हुँ । यो कात्तिक २४ गतेबाट सुरु हुन्छ ।’
उनले थपिन्, ‘१ घण्टामा ५ मिनट रेष्टको टाइम हुन्छ । सो समयमा रेष्ट गर्ने, रेष्टरुम जान मिल्छ ।’

Leave a Reply

%d bloggers like this: