Thu. May 16th, 2024

काठमाडौँ ।
फिल्म ‘छक्का पञ्जा ३’ नेपालका हलहरुमा चलिरहेको छ । यो फिल्म अब भने अन्तर्राष्ट्रिय शो हरु पनि सुरु हुने भएको छ ।
फिल्मलाई दीपाश्री निरौलाले निर्देशित गरेका फिल्म ‘छक्का पञ्जा ३’ अब स्पेनमा प्रदर्शन हुदैछ । पछिल्लो क्रम स्पेनमा नेपाली फिल्मको मार्केट फस्टाउँदै गएको छ । जसले गर्दा स्पेनमा एकपछि अर्को गर्दै हरेक महिना जसो नेपाली फिल्म प्रर्दशन हुने क्रम बढ्दो छ । कम्पनी सारा इभेन्ट इन्टरटेन्मेन्टले ‘छक्का पञ्जा ३’ लाई स्पेनको चार सहरमा प्रर्दशन गर्ने भएको हो ।
‘छक्का पञ्जा ३’ को प्रर्दशन सारा इभेन्टका मेघनाथ ढकालले स्पेनको राजधानी म्याड्रीडसँगै बार्सिलोना, बेनिड्रोम र विल्वाओ गरि चार शहरमा निश्चित भएको बताए । छक्का पञ्जा ३’ को प्रर्दशन नोभेम्बर ५ मा बेनिड्रोममा , नोभेम्बर ११ तारीखमा म्याड्रीडमा र अन्य दुइ शहरको प्रदर्शन मिति तय हुन बाँकी रहेको उनले बताए ।
दीपकराज गिरी र दीपिका प्रसाईँका साथै, केदार घिमिरे, जितु नेपाल, बुद्घि तामाङ, प्रियंका कार्की, नीर शाह लगायतका कलाकारहरु फिल्मको लिड अभिनयमा छन् । फिल्मले नेपालका हलहरुमा सफल्ता प्राप्त गर्न सफल भएको छ।

Leave a Reply

%d bloggers like this: