Thu. May 16th, 2024

काठमाडौँ ।
निर्देशक सुदर्शन थापा र नायिका पूजा शर्माको नयाँ फिल्म ‘सम्हालिन्छ कहिले मन’ बन्ने भएको छ ।
‘रामकहानी’ पछि सुदर्शन र पूजाले नयाँ फिल्म ‘सम्हालिन्छ कहिले मन’ बनाउन लागेका हुन् । अब बन्न लागेको फिल्ममा नयाँ हिरोले डेव्यु गर्दैछन् । डेव्यु गर्ने नयां नायक सोनम तोप्देन हुन् । गायक सोनमले नेपाली, हिन्दी र अंग्रेजी गीतका थुप्रै कभर गीत गाएका छन् । सोनमसँगै फिल्ममा अर्का एक नायक रहनेछन् ।
गायक सुगम पोखरेलको चर्चित गीत ‘सम्हालिन्छ कहिले मन’बाट सापटी लिइएको फिल्मको यतिबेला गीत रेकर्डिंग भैरहेको छ । संगीत अर्जुन पोखरेलले सृजना गरिरहेका छन् । प्रि(प्रोडक्सनको कार्य सकेर फिल्मको पुष या माघबाट छायांकन सुरु हुनेछ ।
प्रेम गीत’ पछि चर्चामा आएकी पूजा आकाश श्रेष्ठसँग निकै जमे । आकाश र पुजाको जोडिलाई अत्यधिक मन पराए । अबको नयाँ फिल्म र पुजाको जोडिलाई कति रुचाउलान् त ?

Leave a Reply

%d bloggers like this: