Mon. Apr 29th, 2024

काठमाडाैं ।
अक्षय कुमार र रजनीकान्तको मोस्ट अवेटेड फिल्म ‘२.०’ को अफिसियल टीजर सार्वजनिक भएको छ ।
फिल्मको टीजर हेरेपछि एक्सन र रोमान्सको हाई लेभलको पनि अन्दाज लगाउन सकिन्छ । तपाईहरुलाई रजनीकान्तको फिल्म ‘रोबोट’ त यादै होला । ‘२.०’ त्यसैको सिक्वेल हो ।
यो फिल्ममा अक्षय भिलेनको भूमिकामा छन् । पहिला रिलिज भएको पोस्टरमा उनको अहिलेसम्मकै खतरनाक लुक बाहिर आएको थियो । यसमा उनले डाक्टर रिचर्डको रोल निभाएका छन् ।
यस्तै, रजनीकान्त एकपटक फेरि रोबोट चिट्टी र साइन्टिस्ट वसीकरणको रुपमा फर्किएका छन् । फिल्ममा स्तरिय स्पेशल इफेक्ट्सको प्रयोग गरिएको छ ।

Leave a Reply

%d bloggers like this: