Mon. Apr 29th, 2024

काठमाडाैं ।
विश्वदिप घिमिरेको निर्देशनमा फिल्म ‘पेशा’ निर्माण हुने भएको छ । हिन्दु महिलाहरुले परम्परागत हरितालिका तीजको अवसर पारेर बुधवार दिउँसो काटेश्वरको महादेवस्थानमा फिल्मको शुभ साइत गरिएको छ ।
फायर इन्टरप्राइजेज प्रा.लि.को ब्यानरमा रोजन रखाल प्रस्तुतकर्ता रहेको फिल्ममा जी.एस.आलेको निर्माण रहनेछ । फिल्मको कथा टिकाराम रखालले लेखेका छन् ।
‘पेशा’ मा रोजन रखाल, प्रशान्त यादव, बालकृष्ण बन्जारा, पुरब बन्जारा, निशा सुनुवार, सरगम तामाङ, अनिता रसाईली लगायतको अभिनय रहनेछ ।
अर्को तीजलाई प्रदर्शन लक्ष्य राखिएको फिल्मका लागि तीजको केही दृश्य आवश्यक परेकाले अर्पझट बुधवारबाट छायांकन सुरु गरिएको निर्माता तथा कलाकार रोजनले जानकारी दिए ।
समसामयिक राजनीतिक र चेलिबेटी बेचबिखनको कथामा बन्न लागेको फिल्ममा जनक पाख्रिनको नृत्य निर्देशन, राजु जंग थापाको द्वन्द, टंक बुढाथोकी र जी.एस.आलेको संगीत रहनेछ ।

Leave a Reply

%d bloggers like this: