Mon. Apr 29th, 2024

काठमाडाैं ।
फिल्म ‘बाँध मायाले’ को क्विज प्रतियोगितामा सहभागी मध्येका उत्कृष्ट ६ जनालाई पुरस्कार वितरण गरिएको छ । आइतबार फेसबुक पेजमा सोधिएका प्रश्नहरुको सही जवाफ दिनेहरु मध्येबाट ६ जनालाई पाँच सय रुपैयाँको रिचार्ज कार्ड प्रदान गरिएको निर्माता तथा निर्देशक सविर श्रेष्ठले बताए ।
बाँध मायाले एन्सर एण्ड विन कन्टेस्टका विजेताहरुमा अशेष न्यौपाने, उत्तम न्यौपाने, नारायण श्रेष्ठ, आरवी एम एक्स स्टुडेन्ट, अनिता पोखरेल र एकरा भट्टराई रहेका छन् । यो प्रतियोगितामा उल्लेख्य मात्रमा दर्शकको सहभागीता रहेको सविर बताउँछन् । यस सँगै अब फिल्मको पछिल्लो समय रिलिज आउने जाने गीतको कभर डान्स प्रतियोगितालाई अगाडी बनाउने निर्देशक श्रेष्ठले बताए ।
गीतको उत्कृष्ट कभर भिडियो बनाउनेलाई नगद एक लाख पुरस्कार राशीको घोषणा गरिएको छ । प्रदर्शन मिति नजिकिएसँगै बाँध मायालेको प्रचार प्रसारलाई तिव्रता दिएको छ ।

Leave a Reply

%d bloggers like this: