Mon. Apr 29th, 2024

काठमाडाैं ।
गत शुक्रवारबाट प्रदर्शनमा आएको चलचित्र रामकहानीले नेपालमा राम्रो समीक्षासँगै बक्स अफिसमा राम्रो कमाई गरिरहेको छ । अब यो चलचित्र नेपाल रिलिज पश्चात् बिशवको विभिन्न देशहरूमा रिलिज हुने भएको छ । चलचित्रका निर्देशक सुदर्शन थापाका अनुसार चलचित्र युरोप, अस्ट्रेलिया, अमेरिकामा रिलिज हुने भएको छ । उनका अनुसार, चलचित्रको प्रदर्शन सेप्टेम्बर १६ मा अमेरिकाको बोष्टनमा हुँदैछ । यसपछि अमेरिकाका विभिन्न राज्यमा यो चलचित्र रिलिज हुनेछ । यस्तै, चलचित्र अस्ट्रेलियाको मेलबर्नमा पनि प्रदर्शन हुने तयारीमा छ ।
यस्तै, चलचित्रको युरोप प्रदर्शन डेनमार्कबाट सुरु हुदैछ । डेनमार्कपछि चलचित्रको प्रदर्शन पोल्याण्ड, स्पेन, पोर्चुगल, जर्मन लगायतका १० वटा देशमा हुनेछ । कतार, ओमान, जापान, ब हराइन लगायतका देशमा पनि चलचित्र चल्ने पक्का भएको निर्देशक सुदर्शन थापाले जानकारी दिए ।पूजा शर्मा, आकाश श्रेष्ठ, केदार घिमिरे, जितु नेपाल, विल्सन विक्रम राई, रविन्द्र झा लगायतका कलाकारको मुख्य भूमिका रहेको चलचित्र ‘रामकहानी’को कमेडी र लभस्टोरीलाई दर्शकले रचाएका छन् ।

Leave a Reply

%d bloggers like this: