Mon. Apr 29th, 2024

काठमाडाैं ।
पछिल्लो समय बलिउड अभिनेता सैफ अलि खान वेब सिरिज ‘सेक्रेड गेम्स’मा व्यस्त छन् । उक्त वेब सिरिजबाट चर्चा कमाइरहेका सैफ नयाँ चलचित्रमा आफ्नी छोरी साला अलि खानसँग देखिने भएका छन् । केदारनाथबाट बलिउडमा डेव्यु गर्ने तयारीमा रहेकी सारा उक्त चलचित्रमा सुसान्त सिंह राजपुतसँग अपोजिट देखिन्दै छिन् ।
त्यस्तै उनी अभिनेता रणबीर सिंहसँग चलचित्र ‘सिम्बा’मा देखिन्दै छन् । दुवै चलचित्रको छायाङ्कन सकिसकेका छन् । यति बेला उनी आफ्नो बुवा सैफसँग ‘फिल्मीस्तान’मा देखिने भारतीय मिडियाले उल्लेख गरेको छ ।उक्त चलचित्र पारिवारिक कथामा आधारित रहेको बताइएको छ । जसमा सैफ र सारा बुवा–छोरीको भूमिकामा देखिने छन् ।
सोसल ड्रामामा आधारित चलचित्रलाई नितिन ककडले निर्देशन गर्दै छन् । भारतीय मिडियाको अनुसार चलचित्रको हाल पोस्ट प्रोडक्सनको काम भइरहेको छ ।

Leave a Reply

%d bloggers like this: