Fri. Mar 29th, 2024

एजेन्सी ।
यो वर्ष सामाजिक संजालमार्फतमा भाइरल बनेकी भारतीय प्रिया प्रकाश वारियरले पहिलो बिज्ञापनको लागि १ करोड रुपैयाँ भारु पारिश्रमिक लिएकी छन् ।
हालसालै उनलाई मुम्बई फिल्म सिटीमा देखिएको छ । प्रिया प्रकाश त्यहाँ एउटा ब्याबसायिक बिज्ञापन छायांकन गर्न पुगेकी थिईन् ।
प्रियाले आफ्नो पहिलो बिज्ञापनको लागि १ करोड रुपैयाँ पारिश्रमिक लिएकी भारतीय मिडियाले जनाएको छ । प्रियाले आफ्नो सामाजिक यसरी हेर्दा प्रिया प्रकाशले दीपिका पादुकोण, प्रियंका चोपडा र आलिया भट्टलाई पनि पछि पारेकी छन् । प्रियाले आफ्नो इंस्टाग्राममा कुनैपनि ब्राण्डको प्रोमोशन गरेको ७.६ लाख रुपैयाँ लिन्छिन् ।
इंस्टाग्राममा उनको ६० लाखभन्दा धेरै फलोअर्स छन् । उनले राखेको भिडियो १ करोड भन्दा धेरै मानिसले हेर्ने गर्छन् ।
प्रिया इंस्टाग्राममा कम समयमा ६ लाख फलोअर्स पुग्ने तेश्रो सेलिब्रेटी हुन् ।

Leave a Reply

%d bloggers like this: