Sat. May 4th, 2024

काठमाडौं ।
भोली देखि प्रर्दशनको तैयारीमा रहेको फिल्म ‘यो पागल मन’ लभस्टोरी जनरामा निर्माण गरिएको फिलम हो । यो फिल्ममा गौरी मल्ल, बिनोद न्यौपाने, रिचा सिहं ठकुरी ,राजेश ढुंगाना, एनि कँवर लगाएत कलाकारहरुको अभिनय रहेको छ ।
त्रिकोणात्मक प्रेम कथामा आधारित यो फिल्ममा बिनोद न्यौपानेलाई लभर ब्बईको रुपमा देखाईएको छ, भने नाई नभन्नु ल मार्फत फिल्ममा डेब्यु गरेकी नायिका ऋचा सिंह ठकुरी ५ वर्ष पश्चात यसै फिलम मार्फत कमब्याक गर्दैछन् । त्यस्तै गौरी मल्ल र कुनै समय चर्चित नायकका रुपमा परिचित रहेका राजेश ढुंगाणाको उत्कृष्ट अभिनय रहेको निर्देशक कल्याण अधिकारी बताउँछन् ।
फिल्ममा अर्जुन पोखरेलको संगीत रहेको छ, भने द्वन्द्ध राजु किरात राईको रहेको छ । आफुले कार्यक्रम गरेर पहिला फिल्म घोषणा गरे पनि बाँकि ३ नेपाली फिल्महरुपछि मात्र जुध्न आएको र यसरी नेपाली फिल्महरु एक आपसमा जुध्दा कुनै पनि फिल्मलाई फाईदा नहुने निर्देशक निर्माता कल्याण अधिकारी बताउछन् ।
धेरै दुख गरी आफुले ३ वर्षको समय पश्चात रिलिज गर्न खोजे पनि काठमाकौं उपत्यका र उपत्यका बाहिर धेरै हल पाउन नसकेको उनको गुनासो छ । नव निर्माता तथा नव निर्देशकलाई फिलम निर्माण गर्न र हलसम्म पु¥याउनका लागि धरै गाह्रो हुने भएकाले पुराना निर्माता, निर्देशक तथा फिल्म निर्माण कम्पनीहरुले नयाँ निर्देशक तथा निर्मातालाई पेल्न नहुने उनको भनाई छ ।
उपत्यकामा ७ वटा हलमा २ सो र बाहिर १२ वटा हलमा यो फिल्मले १ सो पाएको निर्देशक तथा निर्माता कल्याण अधिकारीले बताएका छन् ।

Leave a Reply

%d bloggers like this: