Tue. Apr 30th, 2024

काठमाडौं ।
उदयपुरमा चर्चित कलाकारका रुपमा चिनिएका मनिष श्रेष्ठको स्वरमा सजिएको ‘म्युजिकल्ली जमाना’ बोलको गीतको म्युजिक भिडियो सार्वजनिक भएकाे छ । उक्त गीतमा मनिषकाे बेजोड प्रस्तुति रहेको छ ।
नयाँ कन्सेप्टमा निर्माण गरिएको उक्त गीतको म्युजियोमा मनिषलाइ निकै आकर्षक रूपमा देखाइएको छ । उसलार्इ एउटा कलेजकाे विद्यार्थीकाे रुपमा देखाइएको छ । कल्पना र यथार्थकाे कथामा आधारित भिडियो यतिबेला युट्युवमा सार्वजनिक भएको छ ।
केशव थापा मगरको शब्द सुमन केसीको एरेन्ज रहेको उक्त गीतको म्युजिक भिडियोलाई मनिष श्रेष्ठले निर्देशन गरेका हुन । भिडियोमा छिरिङ डोमा शेर्पा र सरोज श्रेष्ठलाई मुख्य भुमीकामा देखाइएको छ । साथमा एमएस ट्रुप्स एण्ड डान्सिङ क्रियुका मेम्बरहरु पनि यस भिडियाेमा रहेका छन् ।
उदयपुर, सोरुङखोला घर भई हाल काठमाडौं बसोबास गर्दै आएका मनिष श्रेष्ठ बहुप्रतिभाका धनी छन् । आफ्नो अभिनय, नृत्य को माध्यम मार्फत आफूभित्र रहेको प्रतिभालाई प्रस्फुटन गर्दै धेरै कलामा पोख्त मनिषको परिचय यति मै सिमित छैन । अहिलेका निकै व्यस्त कलाकार उनी गीत भिडियो निर्देशन सिरियलदेखि सबै काम एकैसाथ गर्ने क्षमतावान कलाकार हुन् ।
विभिन्न स्टेज कार्यक्रमहरुमा आफ्नो बहुप्रतिभा प्रस्तुत गरिसकेका उनी दर्शकलाई मनोरञ्जन दिन निकै माहिर छन् । मनिष कहिले आफ्नो अभिनयद्धारा सबै दर्शकलाई पेट मिचिमिचि हसाउँछन त कहिले आफ्नो मिठासपूर्ण स्वरद्धारा सबैलाई मोहित बनाउँछन् ।
उनी गीत मात्र नभई नृत्यमा समेत दक्ष छन् । स्टेजमा उनले प्रस्तुत गर्ने नृत्यले दर्शकको निकै वाहवाही र ताली बटुल्ने गर्छ। शरीरका हरेक अगं भाच्ने उनी कहिले खुट्टा काधँमा लगाएर फिनिनि घुम्छन र उफ्रन्छन त कहिले स्लो मोशनमा नृत्य गरेर दर्शकहरुको मन जित्छन् । उनको नृत्य प्रस्तुती यति प्रतिभाशाली हुन्छ कि, जब उनको नृत्य सकिन्छ सबै दर्शकहरुको मुखबाट एउटै मात्र आवाज निस्किन्छ वान्स मोर वान्स मोर …..
सानै उमेरमा म्युजिक भिडियो निर्देशन गरेर नयाँ पहिचान बनाइसकेका मनिष नृत्यमा एउटै स्टेप गर्दा गर्दा बोर हुन्छ भनेर डान्स क्रिउ एम एस डान्स क्रिउ समेत बनाईसकेका छन् । प्रतिभाको अद्भुत खानी रहेका मनिषको अर्को प्रतिभा  उनी लामो समयसम्म खुट्टा काँधमा लगाएर ५ किलोमिटरसम्म एउटा हातले नेपाली झन्डा बोकेर बाइक हाक्न सक्छन् । उनले यसको लागि धेरै मिहेनत गरे । बाइकमा अब यस्तो गर्दा धेरै लडे धेरैमिहेनत र निरन्तर प्रयासको कारणले गर्दा अहिले उनी सफल भएका छन् ।
अहिले उनले विश्व रेकर्ड समेत राखिसकेका छन् । मनिषले आफ्नो हातमा समेत बाइक स्टण्ट गरेको तस्वीरको ट्याटु खोपेका छन् । किन टयाटू खोेप्नु भएको भन्ने प्रश्नको जवाफ दिँदै उनी भन्छन – “मैले आफ्नो काम गर्ने देशको नाम उच्च राख्नलाई हो । आफ्नो मात्र नभइ नेपालकै परिचय बनाउने उद्धेश्यले मैले नेपालको सगरमाथा हिमाल अनि मैले विश्व किर्तीमानमा रेकर्ड साथै हातमा नेपालको झण्डाको ट्याटु खोपेको हुँ ।”उनले टयाटु लगनखेलमा युजेस टयाटुस्टिबाट हानेका रहेछन् ।
विविध क्षेत्रमा पोख्त श्रेष्ठले करिब ४ दर्जनभन्दा बढी गीतमा शब्द तथा स्वर प्रदान गरेका छन भने १०० भन्दा बढी भिडियोको कोरयोग्राफी गरी सकेका छन् । त्यसैगरी उनले हर्के हवल्दार, ट्वाक्क टुक्क लगायतका हास्य टेलिसिरियलबाट हास्य कलाकारको समेत छवि बनाइसकेका छन् । नृत्यमा धेरै स्टेप गर्ने उनी भन्छन् – नृत्यमा नयाँपन ल्याउन एकदमै जरुरी छ । हामी बलिउड हलिउड हेर्छौ कति विकास भइसकेको छ यहि विकास नेपालमा जरुरी छ त्यसको लागि नृत्यमा नयाँपन ल्याउन आवश्यक छ । आफ्नो संस्कृतिलाई प्रबद्धन गर्दै नृत्य शैलीमा परिवर्तन ल्याउन सके अझै राम्रो हुन्छ ।

Leave a Reply

%d bloggers like this: