Tue. Apr 30th, 2024

काठमाडाैं ।
बलिउडकी एक समयकी चर्चित अभिनेत्री सोनाली बेन्ड्रेलाई क्यान्सर भएको छ । सोनालीले ट्वीटरमा लेख्दै आफूलाई हाई ग्रेड क्यान्सर भएको जानकारी दिएकी थिइन् । हाल न्युयोर्कमा उनको उपचार भइरहेको सोनालीले उक्त पोस्टमा लेखेकी छिन् ।
सोनालीले आफ्नो परिवार र साथी भाइलाई दुखको समयमा साथ दिएको भन्दै उक्त पोस्टमा धन्यवाद दिएकी छिन् । ‘मेरो साथीभाइ, मेरो परिवारले यस्तो कठिन समयमा मेरो साथमा छन् । म धेरै भाग्यमानी छु र उनीहरूलाई धन्यवाद दिन चाहन्छु । ’ उनी थप्छिन् ‘यो रोगको उपचार बाहेक केही विकल्प छैन । यसै कारण चिकित्सकको सल्लाह अनुसार न्युयोर्कमा मेरो उपचार भइरहेको छ । सकारात्मक सोचको कारण मैले यो रोगसँग लड्ने सङ्कल्प गरेको छु । पछिल्लो केही दिन देखि मैले शुभचिन्तकबाट जुन माया र साथ पाएको छु त्यसको लागी आभारी छ । म यो लडाई जारी राख्नेछु । ’

Leave a Reply

%d bloggers like this: