Tue. Apr 30th, 2024

काठमाडाैं।
सन् १८१४ मा देहरादुनस्थित नालापानी गढीमा भएको अङ्ग्रेज–नेपाल युद्धमा नेपाली फौजका तर्फबाट कप्तानी गरेका वीर बलभद्र कुँवरले लडेको ऐतिहासिक लडाईंलाई आधार बनाएर निर्माण भएको फिल्म ‘नालापानी’ सम्पादन टेवुलमा पुगेको छ ।
सम्पादनसँगै फिल्मको भिएफएक्सको काम पनि एकसाथ चलिरहेको छ । भिएफएक्सको अधिक प्रयोग हुने यस फिल्मका सम्पूर्ण दृश्य छायांकनमा सम्पादन टीम तथा भिएफएक्स टीम सँगै रहेर काम गरेका थिए ।
नालापानीको छायांकन आफूले सोचे जस्तै भएको र यो फिल्म नेपाली फिल्म उद्योगमा एक उदाहरणिय बन्ने निर्देशक रिमेश अधिकारीले बताए । ‘हरेक नेपालीले गर्व गर्न लायक फिल्म बन्नेमा म बिश्वस्त छु’, अधिकारीले भने, ‘नेपाली सेनाले समेत खुलेर चलचित्रलाई सहयोग गर्‍यो । नभए २०४ बर्ष अघिको इतिहास बनाउन एकदमै कठिन थियो ।’
निर्देशक अधिकारीले सफलतापूर्वक छायांकनमा सहयोग गर्ने सहयोगीहरुलाई धन्यवाद व्यक्त गरे । नयाँ बर्ष २०७६ मा प्रदर्शनको लक्ष्य लिईएको यो फिल्म विभिन्न ऐतिहासिक स्थानहरुमा छायांकन भएको छ ।
यो फिल्ममा देव गुरुङ्ग, देशभक्त खनाल, अर्जुनजंग शाही, मनोज शाक्य, बिशाल पहारी, बिजय बिष्फोट, पुजना प्रधान, ईशान बिजु श्रेष्ठ, हिक्मत थपलिया, जनक बर्तौला, विशाल श्रेष्ठ, गीता अधिकारीलगायतका कलाकारहरुको अभिनय छ ।
पद्मा कुमारी फिल्मस प्रा.ली र गंगानारायण फिल्मस प्रालीको संयुक्त ब्यानरमा बन्ने यस फिल्ममा मनोज शाक्य निर्माताको रुपमा रहेका छन् । फिल्मको लेखन रिमेश अधिकारी र कृष्ण आचार्यले गरेका हुन् ।
रोशन श्रेष्ठ फिल्मका द्वन्द्व निर्देशक हुन् । बिपिन मल्लले सम्पादन तथा अच्युत गजुरेलले भिएफएक्स गर्ने यस फिल्मलाई रामशरण उप्रेतीले छायांकन गरेका छन् । प्राचार्य रामराजा कुँवर र प्रा. डा.धन बहादुर कुँवरले लेखेको ऐतिहासिक पुस्तक ‘वीर बलभद्र कुँवर’ मा ‘नालापानी’ आधारित छ ।

फिल्मीखबर

Leave a Reply

%d bloggers like this: