Sun. Apr 28th, 2024

काठमाडाैं ।
चलचित्र ‘यो पागल मन’ को नयाँ गीत सार्वजनिक भएको छ । मङ्गलवार युट्युब मार्फत चलचित्रको ‘मार्‍यो मार्‍यो’ बोलको गीत सार्वजनिक भएको हो । सार्वजनिक गीतमा दयाराम पाण्डेको शब्द तथा अर्जुन पोखरेलको सङ्गीत रहेको छ । गीतको भिडियोलाई कमल राईले कोरियोग्राफी गरेका हुन् । भिडियोमा भने चलचित्रका मुख्य कलाकार विनोद न्यौपाने र ऋचा सिंह ठकुरी फिचर छन् ।
कल्याण अधिकारीको निर्देशन रहेको चलचित्रलाई बिरेन्द्र कुमार यादव र कल्याण स्वयम् मिलेर निर्माण गरेका हुन् । आउँदो असार २९ गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्रमा विनोद र ऋचाको साथमा गौरी मल्ल, राजेश ढुंगाना, मनिष भण्डारी, विशाल श्रेष्ठ, एनी कुँवरलगायतका कलाकारको अभिनय रहेको छ । चलचित्रमा सामिप्यराज तिमल्सिनाको पटकथा तथा संवाद रहेको छ भने राजु किराँतको द्धन्द निर्देशन रहेको छ ।

Leave a Reply

%d bloggers like this: