Tue. Apr 30th, 2024

काठमाडाैं ।
अमेरिकन टिभी शो ‘क्वान्टिको’ को तेस्रो सिजन्स र आफ्नो हलिउड डेब्यू फिल्म ‘बेवाच’ गरेपछि अभिनेत्री प्रियंका चोपडा पुनः भारत फर्किएकी छिन् । चाँडै उनी एक बलिउड फिल्म गर्दैछिन् र सुरुवात बलिउड सुपरस्टार सलमान खानको फिल्म ‘भारत’ बाट हुँदैछ ।
यसपछि उनी ऋतिक रोशन स्टारर फिल्म ‘कृष’ को चौथो सिरिजमा देखिने चर्चामा छ । विदेशमा निकै कडा मेहनत पश्चात् प्रियंका अब आफ्नो हरेक एक प्रोजेक्टको चुनाव निकै सोचेर-सम्झिएर मात्र गरिरहेकी छन् । खबरअनुसार, ‘कृष ४’ का लागि मेकर्सले उनलाई फिमेल लिडका लागि अप्रोज गरेका छन् ।
प्रियंकालाई स्क्रिप्ट औधि मनपरेको छ तर उनी आफ्नो भूमिका ऋतिकको क्यारेक्टर जस्तै सशक्त र प्रभावशाली होस् भन्ने चाहन्छिन् । उनले जसरी नयाँ फिल्म सोच-विचार गरेर चुनिरहेकी छिन् त्यसरी नै पारिश्रमिकको मामलामा पनि उनी बलिउडका अभिनेतालाई टक्कर दिने दौडमा देखिएकी छन् ।
उनले अली अब्बास जफरको फिल्म ‘भारत’ का लागि १२ करोड पारिश्रमिक माग गरेको खबर प्राप्त छ । यसपछि उनी सबैभन्दा बढी फिस बुझ्ने अभिनेत्रीको लिस्टमा दीपिका पादुकोणसँग बराबरी गर्दै टपमा आउनेछिन् । दीपिकाले फिल्म ‘पद्मावत’ का लागि १२ करोड पारिश्रमिक लिएकी थिइन् ।

Leave a Reply

%d bloggers like this: